मानवको शुक्ष्म शरीर भनेको ज्ञानेन्द्रिय, कमेन्द्रिय ,अन्तकरण र प्राण मिलेर बनेको संरचना हो ।
१.१ ज्ञानेन्द्रिय – विभिन्न कुराको ज्ञान गर्ने -कान,छाला,आखाँ, जिव्रो र नाक।
१.२ कमेन्द्रिय –विभिन्न कार्यको संकल्प गर्ने-खुट्टा,हात,वाणी, लिङ्ग र गुदध्दार।
१.३ अन्तकरण -ज्ञानेन्द्रिय र कमेन्द्रियहरुको योगविन्दुबाट- –मन (Mind), बुद्बी (Intellect), चित्त (Consciousness ), र अहंकार (Ego) का तत्त्वहरु पैदा हुन्छन ।
१.४ प्राण (Prana) -ज्ञानेन्द्रिय,कमेन्द्रिय र अन्तकरणलाई सजिव बनाउने शक्ति प्राण वायु हो ।प्राण वायुका ५ प्रकार र ५ उपरुपहरु रहेका हुन्छन।
१.४.१ (क) प्राण वायु – हृदय देखी नाकसम्मको भाग।
-श्वासप्रश्वासलाई भित्र लैजाने र बाहिर निकाल्नु , नाकमा गति दिदै खाएको अन्नादी एंव जलादीलाई मल, मुत्र, खकार ,पसिना र विर्यमा बदल्ने काम ।
१.४.१(ख) उदान वायु -कष्ठ भाग।
-सम्पुर्ण शिरो भागमा गतिशिलता प्रदान गर्छ ।
खाएको अन्नलाई आमाशयसम्म पुन्याउने तथा शरिरलाई सिधा उभ्याउने ठड्याउने कार्य
१.४.१ (ग) समान वायु – हृदयदेखी नाभीसम्म भाग।
-खाएको अन्न पचाउने (जठराग्नि) शरिरको तापक्रम समान राख्न मद्दत गर्छ। हामीले ग्रहण गर्ने वायु प्राण र बाहिर छाडिने अपान वायु नाभी स्थानमा संङ्गम हुदाँ जुन अग्नीतत्व प्रादुभाव हुन्छ।त्यही समान वायु हो ।
१.४.१.(घ) अपान वायु -नाभीबाट पैतालासम्म।
-शरीरको तल्लो भागमा स्थित सवै इन्द्रियहरु यसैको अधिनमा रहन्छन।अपान वायुको प्रभाव कार्य कम्भर घुडा तथा जाङ्ग सम्वन्धी गतिशिलता दिने गर्छ ।मलद्बारबाट मल,लिङ्गबाट मुत्र ,अण्डाकोषबाट विर्य र स्त्री जातीमा गर्भ रहन मद्दत गर्ने गर्छ ।
१.४.१.(ङ) व्यान वायुः -रक्त सञ्चार प्रणाली
-पचेको अन्नबाट प्राप्त उर्जाशक्तिलाई शरीरको सम्पुर्ण भागमा लिएर जाने काम गर्छ।सर्वत व्याप्त भएर रहने भएकाले नै यसलाई व्यान (औरा) वायु भनिन्छ।
१.४.२.(अ) नाग उपवायु -वाडुली, हिकहिक, डकार आउनु।
१.४.२.(आ) कुर्म उपवायु -परेलाको झिमझिम गर्नु।
१.४.२.(इ) कुकुल उपवायु -हाछयु आउनु,खोक्नु तथा भोक जगाउनु।
१.४.२.(ई) देवदत्त उपवायु -हाई आउनु,निद्रा तन्द्रा लाग्ने।
१.४.२.(उ) धनञ्जय उपवायु -मृत्यृको घडीमा पैतलादेखी क्रमशः समाप्त हुदै जाने शरीरको तातोपना हो ।धनन्जय वायु मानिसको मृत्यृ भएको ३ घण्टासम्म शरीरमा रहनन्छ ।
आत्मा हरेक जिवमात्माको हृदयमा विद्यमान छ। आत्माको आकार कपालको रौ भन्दा सानो हुन्छ।यो ज्यादै सुक्ष्म भएकाले यसलाई देख्न र मार्न सकिदैन।आत्मा जिवमात्मालाई सजिव बनाउन यी ५ वायुहरु प्राण, उदान, समान, अपान र व्यानमा तैरिएर बसेको हुन्छ ।फोक्सोबाट अक्सिजन लिएर जाने रक्त कणहरुले आत्माबाट शक्ति सञ्चय गर्दछन ।आत्माबाट नै जिवमात्मालाई रक्तकर्ण प्राप्त हुन्छ ।आत्माको प्रकाशले भौतिक शरीर बचाई राखेको हुन्छ।आत्माको मर्दैन यो त पुरानो शरीरर त्याग गरेर नयाँ शरीरमा स्थानान्तरण हुन्छ। जुन काम परमात्माबाट मात्र हुन्छ ।
अन्तकरणलाई पनि सजिव बनाएर कार्यमा संलग्न गराउने ५ प्राणवायुहरु हुन।हामीले ग्रहण गर्ने वायु प्राण र वाहिर छाडिने वायु अपान नाभी स्थानमा ठक्कर हुदाँ जुन तेज वा विद्युत उर्जा वा अग्नितत्व उत्पन्न हुन्छ ।त्यसलाई नै समान वायु भनिन्छ ।यो समान प्राण/ वायु नै कुण्डलिनी शक्ति हो । पाचनशक्ति जठराग्नी वा जिवनज्योती भनेको पनि यही हो ।
यो विद्युत उर्जा सूर्यको प्रकाश जस्तै जीवनको केन्द्र( नाभी ) बाट तापको रुपमा सर्वत्र फैलिन्छ। शरीरमा विद्यमान यो ताप उर्जालाई सामान्य (९८.६F) बनाईराख्न र शरिरको सम्पुर्ण भागमा पुन्याउने कार्य व्यान प्राणले ( उर्जाशक्ति ) ले गर्दछ ।यही उर्जाशक्ति भएका व्यान वायु कै आधारमा रक्तमा रहेको हेमोग्लोविन (HB) द्बारा यो कार्य सम्भव हुन्छ ।
स्वास्थ्य
१.१ परिचय (Introduction)
शाब्दिक रूपमा, “स्वास्थ्य” भन्ने शब्द संस्कृतको “स्व” (आफू)+”स्थ” (रहेको) बाट बनेको हो, जसको अर्थ “आफ्नै अस्तित्वमा दृढ रूपमा स्थापित हुनु” हो।यसको अर्थ शारीरिक, मानसिक, र सामाजिक रूपमा सन्तुलित र सक्षम अवस्था हो, जहाँ व्यक्ति कुनै रोग वा अशक्तता बिना स्वस्थ, सुखी, र ऊर्जावान महसुस गर्छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, स्वास्थ्य भन्नाले मानिसको समग्र कल्याण जनाउँछ, जहाँ शरीर, मन, र समाजको सन्तुलन रहनुपर्छ।
हिप्पोक्रेटस ( विज्ञानका पिता)-“स्वास्थ्य भनेको शरीर, मन, र आत्माको सन्तुलित अवस्था हो।”
आयुर्वेद (चरक संहिता) “स्वास्थ्य भनेको सम्यक आहार, विचार, व्यवहार, र जीवनशैलीको संयोजन हो। जब शरीरको दोष (वात, पित्त, कफ) सन्तुलनमा हुन्छ, तब व्यक्ति स्वस्थ हुन्छ।”
यी परिभाषाहरूबाट स्वास्थ्य केवल रोगमुक्त हुनु मात्र नभई, शारीरिक,मानसिक, सामाजिक, र आध्यात्मिक रूपमा सन्तुलित जीवन जिउनु महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ।
स्वास्थ्यका प्रमुख प्रकारहरू:
१.मानसिक स्वास्थ्य (Mental Health)
२.भावनात्मक स्वास्थ्य (Emotional Health)
३.सामाजिक स्वास्थ्य (Social Health)
४.शारीरिक स्वास्थ्य (Physical Health)
१.२ मानसिक स्वास्थ्य (Mental Health)
मानसिक स्वास्थ्य भनेको व्यक्तिको सोच, भावना र व्यवहार सन्तुलित र स्वस्थ अवस्थामा हुनु हो। यसले मानिसलाई दैनिक जीवनका चुनौती सामना गर्न, निर्णय गर्न, सम्बन्ध कायम राख्न र समाजमा प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउँछ। अन्तःकरणले सोच्ने, निर्णय गर्ने, सम्झने र आफूलाई बुझ्ने काम गर्छ। त्यसैले मानसिक स्वास्थ्यमा अन्तःकरणको प्रभाव अत्यन्त गहिरो हुन्छ। अन्तःकरण शान्त र सन्तुलित भए व्यक्ति मानसिक रूपमा स्थिर, सकारात्मक र आत्मविश्वासी हुन्छ। सही-गलत छुट्याउने क्षमता बढ्छ, तनाव सहन सक्ने शक्ति आउँछ र भावनालाई नियन्त्रण गर्न सजिलो हुन्छ। तर अन्तःकरण अशान्त भए डर, चिन्ता, अपराधबोध, क्रोध र नकारात्मक सोच बढ्छ, जसले मानसिक स्वास्थ्य कमजोर बनाउँछ। मानिसको अन्तकरणमा ज्ञानेन्द्रिय र कमेन्द्रियहरुको योगविन्दुबाट- –मन (Mind), बुद्बी (Intellect), चित्त (Consciousness) र अहंकार (Ego) का तत्त्वहरु पैदा हुन्छन। यिनीहरुको मानिसमा पर्ने प्रभावको ब्याख्या यस प्रकार छ।
१.२.(क) मन (Mind) – निर्णय गर्ने (Determining)
– मनले मानिसमा इच्छा र भावनालाई जन्म दिन्छ। मनबाट मानिसमा विचारको जन्म हुन्छ ।मानिसले जब यो काम गर्ने वा नगर्ने संकल्प गर्छ, त्यही मन हो। यसैले मनलाई सोच, भावना र इच्छाहरु उत्पन्न हुने आन्तरिक शक्तिका रुपमा लिइन्छ ।
मनको स्वभाव चञ्चल र छिटो बदलिने हुन्छ। रजगुणबाट इन्द्रिय उत्पति भएको हो मन चञ्चल हुनु स्वभाविक नै हो, किनकी यो इन्द्रिय, अनुभव, विचार र भावनाको केन्द्र हो ।
हिन्दू धर्ममा मनः- “अन्तःकरण”को एक भाग मानिन्छ, जसमा मन (मन), बुद्धि (बौद्धिकता), चित्त (स्मृति) र अहंकार (स्व-चेतना) समावेश छन्। मन इन्द्रियहरूद्वारा प्राप्त जानकारीलाई प्रशोधन गर्ने माध्यम हो।
मन भनेको हाम्रो आन्तरिक दुनिया (भित्री ससार ) हो। जहाँ मानिसका सोच, भावना र इच्छाहरु बाँच्छन। मनले सधै नभएको चिज प्राप्ति गर्न र कुनै कुराबाट तृप्ति वा सन्तुष्टि प्राप्त गर्न खोज्दछ। मानिसको मन स्वार्थ र अंहकारमा भागी रहने हुन्छ मनले खोज्ने ईष्या र जलन मात्र हो। मन कहिल्यै सन्तुष्टी हुदैन। मनको मुल स्वभाव सधै दुखी हुने नै हो।
मनले हारे भने हार र मनले जिते गरे जित हुन्छ। मानिसको सवैभन्दा ठुलो कुरा मन हो। त्यसलाई जस्तो बनायो त्यस्तै बन्छ। मनलाई जस्तो सपना देखायो त्यस्तै बन्छ,त्यस्तै देख्छ।मनलाई कस्तो सपना देखाउने आफूमा निर्भर हुन्छ । मनलाई नहुने इच्छा जाग्न नै दिनु हुदैन। कमेन्द्रिय र ज्ञानेन्द्रिय गरी १० वटा इन्द्रियको राजा मन हो। ज्ञानेन्द्रियले मनलाई सुनाउछ। मन अराए पछि कमेन्द्रिय र ज्ञानेन्द्रिय उद्बत हुन्छन, अनि कमेन्द्रियले काम गर्न शुरु गर्छ।
सिग्मन्ड फ्रायडका अनुसार मन (mind) – मन भनेको देखिने सोच मात्र होइन। हामी भित्र लुकेका इच्छा र स्मृति पनि हो। मनलाई हाम्रो व्यवहार, भावना, र निर्णयहरूमा गहिरो प्रभाव पार्छ। उनले मनलाई तीन मुख्य तहहरूमा विभाजन गरेका छन्:
(क) चेतन मन/जाग्रत अवस्था (Conscious Mind)–
-Right Now , अहिले देखिरहेको ,सोचिरहेको, निर्णय गरिरहेको मन ।
यो मानिसको तत्काल अनुभुति र चेतनाको केन्द्र हो। चेतन मनको मुख्य काम वाताबरणसगँ प्रत्यक्ष सम्पर्क राख्नु हो। यसले बाह्य इन्द्रियबाट आउने सूचनालाई ग्रहण गर्छ र तिन प्रति तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्छ। यो मनको प्रवेशद्बार हो। हाम्रो निर्णयमा ५% मात्रा चेतन मनले काम गर्छ ।
(ख) अवचेतन मन/सुषुप्ति अवस्था (sub–conscious Mind)
– Mind behind mind, stored past pattern , मानिसको Driver , अवचेतन मनले Data Processing गर्ने काम गर्छ।
-मनको पर्दा पछाडिबाट हाम्रो व्यवहार, निर्णय, बानी ,सम्झना अचानक विचार आउने स्मृतिहरु नै अवचेतन मन हो। हामीले बारम्बार गरेका, सुनेका र हेरेको चिजमा जुन गहिरो विश्वास हुन्छ त्यो अवचेतन मनमा चित्र झल्को देखिन्छ। त्यसै अनुसारको कार्य गरेमा एक न एक दिन हामीले गरेको विचारबाट नै त्यस बस्तु प्राप्त गर्न सक्छौ। त्यसैले दैनिक जीवनमा राम्रो सुनौ,राम्रो हेरौ राम्रो बोल्यौ र राम्रो कर्म गरौ ((प्राकृतिक नियम हो)।
-सधै धोकेको कुरा अवचेतन मनले आफै जान्छ म शान्त छु,म स्वस्थ्य छु र म उर्जावान छु भन्ने कुरा सूचना बारम्बार मनमा बस्छ भने त्यो मान्छेको सत्य हुन्छ। हाम्रो निर्णयमा ७५% मात्रा अवचेतन मनले काम गर्छ ।
– मानसिक द्बन्द्बहरुको जड अवचेतन मनमै हुन्छ। सादु, सन्त, महाराजाहरुको अवचेतन मन खुलिसकेको हुन्छ। मानसिक रुपमा डिप्रेसन ,एन्जाइन्टी भएका मान्छेको अंहकार, ईष्या र जलन जस्ता नकारात्मक विचारले अवचेतन मन भरिएको हुन्छ। जीवन देखी भाग्न चाहने मानिसले म अभागी भन्न थाल्छ, जब मानिसले आफू अभागी भन्न थाल्छ भने उ मानसिक रुपमा डिस्टब छ भन्ने बुझिन्छ।(अभागी भनि सधै दोहोर्याउदा एक दिन भगवानले तथास्तु भनिदिए भने) जो मानिस कमजोर छ उसले अरुलाई दोष लगाउछ।भाग्य भनेको मानिसको आफ्नै भावबाट शुरु हुन्छ र यस्तै स्वभाव,विचारमा गर्छ, त्यस्तै कर्म गर्छ। जस्तो हरेक सुख, दुःखको म नै जिम्मेवार छु भन्ने बोध (रियरलाइज) नभई क्रोध/ रिस/ अंहकार घटदैन। अरुलाई दोष लगाउनु जस्तो ठुलो पाप संसारमा अरु छैन। संसारमा सुधार गर्नुपर्ने मान्छे उ आफै मात्र हो। आफ्नै भित्र हेर्ने (मानिस आफु ठिक अरु सवै बेठिक ठान्छ )।
बुद्ध भगवानले भन्नु भएको छ- विगत/ भुतकाल (past) मा नजाँउ, त्यहाँ दुःख छ भने भविश्य (Future) मा पनि नजाउँ ,त्यहाँ चिन्ता छ। बर्तमान (Present) मा सुखछ, जिवन जिउने बर्तमानमा हो।
सबै दुःख र सुख आफ्नै संकल्पका फल हुन। सवै मानिस पुर्ण छैनन र हुदैन पनि। यस सत्यलाई चिन्तन मनन गरेर आफैले बुझ्न सिक। अंहकार,क्रोध,लोभ र बदला लिने सोचले मानिस भित्रको करुणा,दया,माया जस्ता राम्रा गुणहरु लुकेर दबिएर बस्छन। मानिसभित्र दया, माया,करुणा भाव जगाउन क्षमाशिल बन्नुपर्छ ।क्षमा दिनु दयाभाव होइन, यो सवैभन्दा ठुलो ईश्वरिय गुण भएको मान्छेले मात्र क्षमा दिन सक्छ।
यहि जीवनको सत्यलाई आत्मबोध गरेपछि उक्त अवचेतन मनको फोल्डर सफा हुदै जान्छ। म गर्न सक्छु- हेप्रोसिस उपचारबाट अवचेतन मन सफा हुन्छ।
(ग) अचेतन मन/ स्वप्न अवस्था (Unconscious Mind)–
अत्यन्तै उच्च चेतना, एक्कासी आउने, विचार नगरी अचानक भित्रबाट आउने ।
यस समयमा तर्क, डर,बानी,सोच सवै हटेर भित्रबाट सिधा सत्यमा पुगिन्छ। मनले केही नसोचेको तर भित्रबाट सत्य आउने स्तर।
यो मनको सबैभन्दा ठूलो र गहिरो तह हो, जहाँ दबिएका इच्छा, डर, र अनुभवहरू संग्रहित हुन्छन्। यी तत्वहरू हाम्रो चेतनामा प्रत्यक्ष रूपमा नआए पनि, तिनीहरूले हाम्रो व्यवहार र निर्णयहरूमा ठूलो प्रभाव पार्छन्।
कम भन्दा कम बोल्नु बढी बोध गर्नु यही बोध पाक्दै गए पछी परा (अत्यन्तै उच्च चेतना) मा जान्छ जुन बस्तु जति सुक्ष्म हुन्छ त्यसको बल पनि उति नै बढी हुन्छ। हाम्रो निर्णयमा १५% मात्रा अचेतन मनले काम गर्छ।
चेतन मन भन्दा अवचेतन मन पाँच हजार गुणा बढी शक्तिशाली हुन्छ भने अवचेतन भन्दा अचेत मन एक लाख गुणा शक्तिशाली हुन्छ ।
मनमा त्रिगुणको प्रभाव
प्रत्येक मानिस पूर्वजन्मका कर्महरुले अहिलेको जन्मको शारीरिक स्वरुप र स्वभाव निर्धारण गर्छ। मानिस भित्र तिन (सत्वगुण, रजगुण र तमगुण) स्वभावहरु हुन्छन। मान्छेको स्वभाव पूर्वजन्मले दिएको हो, यो पूर्वजन्मको आत्मासँग जन्मजात आउछ। यी गुणहरु अघिल्लो जन्ममा गरेका कर्म (धर्म र पाप) को परिणामका रुपमा व्यक्तिसँग सगै जन्मछन। मानिसले जस्तो मति (सत्वगुण, रजगुण र तमगुण) छ त्यस्तै गति हुन्छ मनमा त्रिगुणको प्रभाव बढी पर्दछ किनकी मानिसको मनको स्वभावबाट इच्छा, चाहना,भावना, कल्पना, चन्चलता र प्रतिक्रिया जनाउछ। मानिसका मनका इच्छाहरु कहिल्यै समाप्त हुदैनन। मानिस अभावले नभई मानविय स्वभावले दुःखी हुने गर्छ। दुःख हाम्रो स्वभाव भन्छ । मानिसको खानपान,रहनसहन,आचरण र भाव विचार अनुसार नै यी तिन गुण (सत्वगुण, रजगुण र तमगुण) उत्पन्न हुन्छन ।
(क)सत्वगुण- ब्राम्हण -सत्वगुण भन्नाले मानिसको मन र बुद्धिमा रहेको सत्य ,विवेक, शान्ति र सदगुणको अवस्था हो। मन सत्यप्रेमी र धर्मतर्फ आकर्षित हुन्छ। मन प्रशन्न र सन्तुलित रहन्छ।जसले सकारात्मक सोच र सहानुभुति, करुणा, दया , सेवाभाव विकास हुन्छ। सत्वगुण प्रधान मनले सही र गलत छुट्टाउने क्षमता बढाउछ। यस्तो मन आत्मनियन्त्रणमा रहन्छ र बाह्य आर्कषणले सजिलै विचलित हुदैन ।
मानिसको बाहिरी शुद्धिका लागी सत्य बोलेर बोलीको शुद्धि, जलद्धारा शरीरको शुद्धि र अन्नबाट आहार शुद्धि हुन्छ भने मानिसको भित्री शुद्बिका लागी योग,ध्यान,मन्त्र जप, मौन रहेर,सात्विक आहार र सकारात्मक चिन्तनद्धारा लोभ, रिस,क्रोध,द्धेष, राग, ईष्या,अंहकार, कपट आदि विकार नास भएमा अन्तकरण तथा मन स्वच्छ हुन्छ। मनमा कसैलाई न मित्रभाव न शत्रुभाव राख्नु (समभाव)।
(ख) रजोगुण– क्षेत्रिय, जोश र वेग उत्पन्न गर्ने गुण। शिकार गर्ने, उतेजना कामना र आशक्ति उत्पन्न गर्ने। स्वार्थबाट प्रभावित रहने गुण ।
रजोगुण भन्नाले इच्छा, क्रियाशिलता र चन्चलताको प्रतिक हो। यो गुणले मानिसलाई काम गर्न प्रेरित गर्ने गर्छ। धन, पद,पैसा.प्रतिष्ठा र सुखप्रति तिव्र चाहना भई कर्ममा सक्रिय भई परिणामको आशा राख्छ। रजोगुण ब्यक्तिमा आफुलाई अरुभन्दा श्रेष्ठ देखाउने अंहकार र प्रतिस्पर्धा गर्छ। यसको प्रभाव मनमा बढी पर्छ मन इच्छाले भरिन्छ र स्थिर हुदैन ।
रजोगुणलाई सत्वगुणसँग मिलाएर काम गर्दा उन्नति गर्न सकिन्छ। रजोगुणमा मन अशान्त अध्यात्मिक लोभ र तनाव ईष्या क्रोध र अंहकार मानसिक अशान्ति र असन्तोष हुन्छ
भागवत गीतामा रजोगुणलाई दुःखको कारण मानिएको छ। किनकी यो फलासक्त कर्मसँग जोडिएको हुन्छ ।
रजोगुणमा विषय बासना र इन्द्रियको संगमबाट केही क्षणको लागी शरीरको लागी तरङ्ग जस्तै प्रवाह हुने केही छिनको शिध्र पतन हुने सुख हुन्छ ।
(ग) तमोगुणः– बैश्य, सहि र गलत छुट्टाउन नसक्ने, आफ्नो कर्तव्यबाट वेबास्ता अन्धविश्वास (तर्क र विवेकको अभाव) निराशा, डर, हताश (नकरात्मक सोच ) का कारण आफुलाई अद्योगति तर्फ लैजान्छ। मस्तिष्कमा बल, बुद्धि हुदैन ।
यो गुण अज्ञान, अन्धकार, आलस्य र भम्रबाट उत्पन्न गुण हुन्छ ।
मनमा जड र भारी हुन्छ। आधा पाकेको रस रहित दुगन्ध भएको जुठो भएको खाना खाए पछी हाम्रो शरीरलाई असजिलो तथा नियन्त्रण बाहिर हुन पुग्छ। क्रोध हिंसा र अविवेक बढछ। भागवत गीतामा तमोगुणलाई आत्माको शत्रु मानिएको छ।
सत्वगुण, रजोगुण र तमोगुणबाट मान्छे बाहिर आएपछि मात्र मुक्ति हुन्छ। अरुलाई क्षमा देउ र आफुलाई क्षमा देउ किनकी मानिसको स्वभाव (सत्व,रजो र तमो) को केमिकल गलत गराएको हो। मैले गरेको होइन। क्षमा गर्न चिन्तन गर्नू, यसैले आफुलाई क्षमा गर। मनलाई मौन (आर्यमौन) भएपछी शरीर र मन छुटिन्छ। मनलाई मौन गर्न योग,साधना र ध्यान (ऋषिमुनीहरु शरीरमा धमिराले घर बनाउदा पनि ध्यानमा बसि साधना गर्थे ) मा राख्ने अभ्यास गर्नुपर्छ। मनलाई नियन्त्रण गर्न श्रीकृष्णले गितामा अभ्यास र बैराग्य गरी दुई तरिका बताउनु भएको छ ।
१.अभ्यासः– मनलाई नियमित रुपमा नियन्त्रण र ध्यानमा राख्ने अभ्यास संकल्प गर्ने ।
-ध्यान र कर्मयोग (फल प्राप्तिको चासो नदिई आफ्नो कार्यमा ध्यान दिनु)
– पाँच इन्द्रिय नियन्त्रण गरी मनलाई अनुशासित राख्नु। मनलाई एउटा काम दिनुपर्छ।जस्तै- मन्त्र जप गर्ने काम दिने। मन अलमलिन्छ।
२. बैराग्यः– जीवनका संसारिक मोहबाट बिमुखता हुनु।
– मैले गरेको होइन गरिदिने त भगवानले हो।
-हामीले जीवनमा कति सुख र दुःख अनुभव गरियो सुखमा राग र दुःखमा द्बेष भयो होला। यसरी सुखमा राग र दुःखमा द्बेष दुवै वास्ता नभएको सम भएको अवस्था बैराग्य हो ।सुख र दुःखमा समभाव राख्ने योगीलाई बैराग्य प्राप्त हुन्छ। यदी मनलाई बुद्बिद्धारा नियन्त्रण भयो भने यो आध्यात्मिक मार्गमा जान्छ। यदी मनलाई भगवान प्रतिको प्रेम ध्यान र ज्ञानमा केन्द्रित गरियो भने मुक्त हुन्छ। मन भगवान प्रति स्थिर भयो भने सच्चा आनन्द प्राप्त हुन्छ।
मनलाई सन्तुलित राख्न योग, ध्यानको अभ्यास र सांसरिक मोह ( सुख र दुःख ) बाट बैराग्य हुदाँ सुख- दुःख, हार- जित र लाभ- हानीमा समान दृष्टि हुन्छ। यदी मनलाई सुख दुःखमा समान राख्न सकियो भने यो मन कम चन्चल हुन्छ।
।
१.२(ख) बुद्धि (Intellect) – विचार गर्ने (Reasoning)
-मनलाई मार्गदर्शन वा नियन्त्रण गर्ने साधन बुद्धि हो। मनले सङ्कलन गरेका ईच्छा, भावना र सूचनाहरूको विश्लेषण गरेर सही-गलत, उचित-अनुचितको निर्णय बुद्धिले लिन्छ। मन स्रोत हो भने बुद्धि निदेशनकर्ता।
| मानव जीवनको मुल उद्देश्य केवल बाच्नु मात्र नभई बुझ्नु,सोच्नु र सहि निर्णय लिनु पनि हो।बुद्धि भनेको ज्ञान र क्षमता हो। जसले देख्ने र निर्णय गर्ने गर्छ। बुद्धिका सहायताबाट मानिसले सोच्ने, बुझ्ने, विवेकपुर्ण निर्णय लिने, समस्या समाधान गर्छ। हिन्दु धर्मका अनुसार बुद्धि केवल बौध्दिक क्षमता मात्र होइन सत्य असत्य छुट्टाउने मनलाई नियन्त्रण गर्ने धर्म र मोक्षतर्फ मार्गदर्शन गर्ने विवेक शक्ति हो। बुद्धिले मनको चन्चलता, इच्छा र वासनालाई नियन्त्रण गरेर ब्यक्ति धर्ममार्गमा अगाडी बढछ। हिन्दु धर्ममा बुद्धि विना विवेक अधुरो हुन्छ, विवेक विना बुद्धि प्रयोगहिन हुन्छ भनेको छ बुद्धिको मुख्य काम ज्ञान प्राप्ति, तार्किक सोच र बुद्धिमता प्रदर्शन गर्नु हो । मानिसको बुद्धिमा त्रिगुण (सात्विक,राजसिक र तमसिक) को प्रभावहरु शुक्ष्म पर्छ। मानिसले गर्ने ब्यबहार, निर्णय गर्ने क्षमता र देखाउने नैतिकताबाट मानिसमा बुद्धिमा कुन गुणको प्रभाव छ, प्रत्यक्ष देखिन्छ। सात्विक बुद्बिः- सत्य प्रधान हुने,निर्णयमा विवेकशिलता, स्थिरता र स्पष्टता हुन्छ भने जीवनलाई नैतिक, धर्मपरायण र शान्तिपुर्ण बनाउछ । राजसिक बुद्धिः- सफलताका लागी सक्रिय हुन्छन तर नैतिकता र स्थिरता कम हुन्छ। कर्म र निर्णयमा स्वार्थ ,लोभ,प्रतिस्पर्धा, अंहकार, अस्थिरता भई धन, पद र प्रतिष्ठाका लागी मात्र काम गर्ने हुन्छ। तामसिक बुद्धिः- कर्तव्यबाट भाग्ने हुन्छन। अज्ञानता, आलस्यता र अन्धविश्वासका कारण कुन कुरा सहि वा गलत छुट्टाउन नसक्ने बुद्धिका हुन्छन । मानिसको चेतनाबाट ज्ञान प्राप्त चरणबद्ध रुपमा विकास हुन्छ ।ज्ञान एकैचोटी पुर्ण हुदैन। यो सूचना (information), ज्ञान (knowledge)बौद्धिक क्षमता (intelligence) र प्रज्ञा/विवेक (wisdom) गरी यी ४ अवस्थाबाट हुदै परिपक्क बन्छ । (I)- सूचना (Information) – बाह्य सत्य/ इन्द्रिय जन्य भ्रम । -सूचना भनेको तथ्य, आँकडा, समाचार वा कुनै बिषय सम्वन्धि प्राप्त कच्चा जानकारी हो ।स-साना जानकारी मात्र हो। यसमा गहिरो बुझाई हुदैन। यो ज्ञानको पहिलो आधार मात्र हो। जस्तै- पानी १०० डिग्रीमा उम्लिन्छ भन्ने तथ्य एउटा सूचना हो। सामाजिक संजालमा देखिने सवै सूचना / जानकारी मात्र हो। हिन्दु धर्ममा- सूचना भनेको इन्द्रियजन्य ज्ञान हो। जुन ज्ञानको प्रारम्भिक अवस्था हो। यो इन्द्रियध्दारा प्राप्त तथ्य र जानकारी मात्र हो (अपुरो ज्ञान)। । बेदमा भनिएको छ- इन्द्रियले देखेको वा सुनेको कुरा सत्यको पुर्णरुप होइन। यो क्षणिक र परिवर्तिनशील हुन्छ । (II)- ज्ञान (knowledge) – बौद्धिक सत्य/ आत्मा शरीरको विवेक । – सूचना बुझेर, अनुभवसगँ जोडेर र अर्थ लगाएर बनाइने अवस्थालाई ज्ञान भनिन्छ। जानकारीको ब्यबहारीक प्रयोग। ज्ञानले मानिसलाई के हो? र किन हो? भन्ने प्रश्नको उत्तर दिन सक्षम बनाउछ। यो पुस्तक,गुरु, अनुभव र अध्ययनबाट प्राप्त हुन्छ। जस्तो- पानी १०० डिग्रीमा उल्लन्छ भने बैज्ञानिक कारण बुझ्नु ज्ञान हो। हिन्दु धर्ममा ज्ञानलाई ज्ञान वा विद्या भनिन्छ। उपनिषद अनुसार सत्यलाई बुझ्नु नै ज्ञान हो। ज्ञानले मानिसलाई अज्ञानबाट मुक्त हुने बाटो देखाउछ। ज्ञान जतिकै पवित्र चिज यस संसारमा केही छैन। यहाँ ज्ञान भन्नाले आत्मा र शरीर भिन्नता बुझ्नु हो । भागवत गीतामा- ज्ञान भनेको आत्मातत्वको बोध हो। (III)बौद्धिक क्षमता (intelligence)- ब्यबहारिक सत्य/ निष्काम कर्मयोग। ज्ञानलाई ब्यबहारमा प्रयोग गर्ने क्षमता नै बुद्धिमता हो ।बुद्धिले मानिसलाई समस्या समाधान गर्न,परिस्थिती बिश्लेषण गर्न र सहि उपाय खोज्न मद्दत गर्छ। बुद्धि जन्मजात र अभ्यास दुवैबाट विकसित हुन्छ। यो कसरी प्रयोग गर्ने भन्ने पक्षसँग सम्वन्धित छ ।जस्तो- तातोपानीले पोल्छ भन्ने ज्ञानलाई ध्यानमा राखेर सावधान अपनाउनु बुद्धिमता हो। म जन्मिएर धर्तिमा आएपछी गर्नुपर्ने कर्तव्यबोध हुनु बुद्धिमता हो। हिन्दु धर्ममा ज्ञानलाई ब्यबहार प्रयोग गर्ने क्षमता नै बुद्बि हो।भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई बुद्धियोगको उपदेश दिनु भएको छ।ज्ञानलाई कर्ममा उर्तानू। बुद्धि भनेको केवल जान्नु होइन सही तरिकाले प्रयोग गर्नु हो। भागवत गीताको मुल शिक्षा नै कर्मयोग हो- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ -तिमीलाई कर्म/काम गर्ने अधिकार मात्रै छ, कामको फल(परिणाम) पाउने वा नपाउने कुरा तिम्रो अधिन/अधिकार छैन। जव कामको फल आशा राखिदैन, स्वतः इच्छा शुन्य हुन्छ र काम गर्दा फोकस भएर गरिन्छ, त्यसको फल आफै राम्रो हुन पुग्छ। कामको हक नै फल (परिणाम) हो। कामको फल कस्तो दिने भन्ने अधिकार भगवान्को हातमा मात्र हुन्छ। ज्ञान भएर पनि कर्म नगर्ने ब्यक्ति अधुरो हुन्छ। अर्जुनलाई युद्ध नगर्नु ज्ञान होइन,ज्ञानलाई कर्ममा उतारेर धर्म अनुसार युद्ध गर्नु नै बुद्धिमता हो भनि श्रीकृष्णले उपदेश दिनुभएको छ। (IV )विवेक/प्रज्ञा (wisdom)- ज्ञानको सर्वोच्च अवस्था। प्रज्ञा नै मोक्ष हो। -उच्चतम नैतिक चेतना। विवेकले केवल सहि र गलत छुट्याउदैन, दिर्घकालिन परिणाम, नैतिकता, करुणा र मानव कल्याणलाई समेत विचार गर्छ। यो के गर्दा उचित हुन्छ? भन्ने प्रश्नको उत्तर हो। –जव मान्छेले सत्य, नैतिकता र करुणाले एकसाथ विवेकपुर्ण अनुभव (Realize ) गर्छ। तव मान्छेले तर्कभन्दा पर, विवेक/ प्रज्ञा अचानक आउँछ। आत्मा आफैले बोलेको जस्तो लाग्छ। जस्तो- आफु मात्र होइन, अरुलाई पनि नोक्सान नहोस भनेर निर्णय गर्नु नै प्रज्ञा हो। हिन्दु धर्ममा – प्रज्ञा भनेको आत्मज्ञान हो। “अंह ब्रहास्मि ‘ को अनुभव। बौद्ध धर्ममा – मोक्ष (निर्वाण) प्राप्तिको आधार। | |
| भगवात गीता- प्रज्ञा भनेको आत्म साक्षात्कार र समत्व बुद्धि हो। व्यक्तिको सुख र दुःख, लाभ -हानी, जय -पराजयमा समभाव राख्ने अंहकार त्यागेर परम सत्य अवस्थामा पुग्ने स्थिति नै विवेक/ प्रज्ञा हो। सूचना, ज्ञान, बुद्धिमता र प्रज्ञा ज्ञानका क्रमिक चरणहरु हुन। सूचना विना ज्ञान हुदैन, ज्ञान विना बुद्धि अपुरो हुन्छ र बुद्धिमता विना प्रज्ञा सम्भव हुदैन। ज्ञान भनेको जान्ने प्रक्रिया मात्र नभएर आत्मपरिवर्तनको यात्रा हो। सूचनाबाट ज्ञान, ज्ञानबाट कर्म , कर्मबाट प्रज्ञा प्राप्त हुन्छ। भागवत गीता अनुसार साँचो ज्ञानी त्यो हो जो जान्दछ, कर्म गर्छ र आशक्तिबाट मुक्त रहन्छ। |
विचार ( Thought)
मनबाट उत्पन्न हुने तरङ्ग नै बिचार हो। मनमा उत्पन्न हुने सोच,भावना वा धारणालाई विचार भनिन्छ। विचारहरु बासी (past /विगत सम्झने) हुन्छन। मनले यही मात्र समाउछ। मन नै विचार हो र विचार नै मन हो ।विना विचार मानिस श्वाँस लिन सक्दैन। विना श्वाँसको विचार गर्न सक्दैन। विचारको जन्म दिमागको अगाडी भागबाट र भावनात्मक विचार दिमागको मध्य भागबाट उत्पन्न हुन्छ।
संसारको शक्तिशाली तत्व नै बिचार हो ।मानिस परिवर्तन सोच/ बिचारका कारणबाट हुन्छ।
आध्यात्मिक चिन्तनका अनुसार विचारको उत्पतिः-
आज्ञाचक्र (Third eye chakra)– दुई आँखाको बिचमा। विचार बनाउने, कल्पना र चित्र बनाउने काम यही चक्रबाट हुन्छ।
सहस्रार चक्र (Crown chakra)– टाउकोको शिर्ष भाग। उच्च ज्ञान,गहिरो बौद्बिकता, आध्यात्मिक विचार र मौलिकता ल्याउने काम यस चक्रले गर्छ। उच्च चेतनाको विचार यही चक्रबाट उत्पन्न हुन्छ ।
३.मणिपुर चक्र (Solar plexus)- नाभी माथि अग्नीतत्व। विचारलाई उर्जा दिने र दिशा दिने काम यही चक्रबाट हुन्छ। ईच्छाशक्ति, निर्णयशक्ति,आत्मबल र विचारलाई क्रियात्मक बनाउने काम यस चक्रले गर्छ।
विचार विज्ञान (खप्तण्ड बाबा)
विचार विज्ञानले मानिसको मन, चित्त,बुद्धि र अंहकारले कसरी काम गर्छ भने ब्याख्या गरिएको छ। विचार विज्ञान पुस्तकको मुख्य उद्देश्य बुद्धिको प्रयोग मार्फत मनलाई शुद्ध र नियन्त्रणयोग्य बनाउनु हो। मनलाई मार्गदर्शन गर्ने,निर्णय गर्ने र विवेकको प्रयोग गर्ने कार्यमा बुद्धिसगँ विचार बढी सम्वन्धित देखिन्छ।
मनका विचारहरुको प्रबाहलाई रोकेर एउटै बस्तुमाथि स्थिर गरिन्छ भने तिनमा एकाग्र चित्तले मानिस जुन बस्तुको कामना गर्छ। त्यो बस्तु संकल्पबाट उसलाई प्राप्त हुन्छ। मन स्थिर भएपछी विचार रोकिने हुन्छ। किनभने मनबाट नै विचार गरिन्छ जे कुरा तिमी चाहन्छौ त्यसको कल्पना गर। कल्पनामा महान शक्ति हुन्छ। बारम्वार यस्तो चिन्तन गर्नाले मस्तिष्कमा तिनको ध्यान चिरस्थायी हुन जानेछ र जीवनमा भित्र भित्र परिवर्तन हुन लाग्नेछ। विचारहरु रोकिएर मन स्थिर बन्दा सिद्धी प्राप्त हुन्छ। यसैले तिमी शान्त रहन सिक।
मानिसको जीवनमा सोचको ठूलो भुमिका हुन्छ ।सोच सकारात्मक वा नकारात्मक भए अनुसार जीवनको मार्ग तय हुन्छ। प्रत्येक विचारले आफ्नो सजातिय विचार आफुतिर खिच्छ। सत्य,ज्ञान ,प्रेम, विश्वास, दया, स्नेह र पवित्रता जस्ता सकारात्मक सोचले जीवनमा उर्जा, उत्साह र सफलताको मार्ग खोज्छ,ईश्वरले त्यस्ता मानिसलाई मात्र राम्रो फल दिन्छन सकारात्मक विचार भएको मानिसले चिन्ने तरिकाः-मानिसले कति धैयता राख्छ ? कुनै विषयमा कस्तो प्रतिक्रिया दिन्छ वा दिदैन? (तुरुन्त प्रतिक्रया दिने मान्छे सकारात्मक हुनै सक्तैन) त्यहीबाट मान्छे सकारात्मक/ नकारात्मक के छ थाहाँ हुन्छ।
नकारात्मक सोचले मानिसमा मानसिक तनाव ,निरास, क्रोध, अपमान, निराशा घृणा, दुःख जस्ता विचारहरु असफतासगँ जोडिन्छ, मानिसले हिम्मत हार्छ। मानिसको मस्तिकमा सकारात्मक वा नकारात्मक विचार कुन विचार बढि छ? मस्तिष्कको फिल्टर त्यस विचार बस्छ र सकारात्मक वा नकारात्मक मिल्ने सजातिय विचारलाई मात्र दिमागको फिल्टरमा छिराउछ। दुःखी भइरहने, आलोचना गरिरहने , आफ्नो कुरा मात्र ठिक ठान्ने जिद्दिवाल मानिसको दिमागमा नकारात्मक विचार दिमागमा छिर्छ। सकारात्मक राम्रो विचार सोच्ने ईच्छा त हुन्छ तर दिमागमा नकारात्मक फिल्टर भएकाले सकारात्मक विचार आउट गरी नकारात्मक विचार मात्र दिमागमा लैजान्छ उसले आलोचना/ आफ्नो विचार मिल्ने कुरा मात्र थाहाँ पाउँछ। जसका कारण मानिस नकारात्मक नै रहिरन्छ।
कुनै पनि घटनाले मान्छेलाई सुखी र दुःखी बनाउदैन। घटना पछि मानिसमा आउने विचारले मानिसलाई दुःखी बनाउछ। घटना पछि मानिसले गर्ने नकारात्मक विचार गरेर दुःखी भईन्छ। यदि त्यही घटना मैले सकारात्मक लिए भने म दुःखी हुदिन। यो घटनाको फाइदा मलाई के त?
-मानिसको दिमाग कम्प्युटर जस्तै हो, शरीर रोबोट हो, शरीर कहाँ पुग्छ, के गर्छ दिमागले बताउछ। दिमाग/ मस्तिष्क भनको तपाईको लागि काम गर्दैन, तटस्थ हुन्छ।मेरो मस्तिष्क भनेर ढुक्क नहुनु। यसले काम गर्दैन, काम गराउनुपर्छ ।गुगल जस्तै हो मस्तिष्क। गुगलले फाइदा सोध्दा बेफाइदा बताउदैन। बेफाइदा सोध्दा फाइदा भन्दैन। गुगलमा फाइदा बेफाइदा दुवै छन।(जे माग्यो त्यही उत्तर दिन्छ) त्यस्तै मस्तिस्कले पनि तपाईका लागी काम गर्दैन, काम गर्न लगाउनुपर्छ। सकारात्मक कुरा मात्र सोच्ने गरेपछि नकारात्मक विचार आफै पातलो भई हराउदै जान्छ।जस्तोः- सम्वन्धमा समस्या आउनु भनेको मैले उसको डिमाण्ड बुझ्न नसक्नु हो। रातीको अन्धकारमा आँखा चिम्लेर आफुलाई नियाल र जे जे त्रुटिहरु तिमीभित्र छन तिनलाई निकाल्ने प्रयास गर, मलाई क्षमा देउ भन, क्षमा दिएको कल्पना गर, मन आफै शान्त हुन्छ। समस्या आफैले समाधान गर्न सकिन्छ ।
प्रत्येक मानिसमा दैविक शक्ति हुन्छ त्यसलाई नजान्दा मानिसको दुरदशा हुन्छ। कुनै विचार स्थायी हुनु र नहुनु तिमीमा निर्भर रहन्छ। नराम्रो विचार मनमा एक पटक रोपि सकेपछी त्यही विचार दोहोरिन्छ। जव विचार दोहोरिन्छ ,भने त्यो दिमागले लिन्छ। मानिसको मनको स्विच अन भए मनन हुन्छ तहाँ आशाको बत्ति बल्छ भने मन अफ भए मुड अफ हुन्छ भने तहाँ निरासाको बत्ति बल्छ। मन रुपको कोठामा विचार रुपी बस्तुको बेवास्ता हुदाँ डिप्रेसन हुन्छ।
मानिसलाई विचारहरुको बेग (बढी रिसाउँदा )लाई सहि ब्यबस्थापन गर्न नसकेमा धेरै सोच विचार (Thought Attack) ले गर्दा (हृदयघात ( Heart Attack ) हुन्छ। विचारहरुको सहि ब्यबस्थापन नगरेमा पहिला मानिसलाई दिमाग/ मस्तिष्कको नसामा असर गर्छ यसलाई ब्रेन ह्यामरेज (Brain Hemorrhage) भनिन्छ, यदि मस्तिष्कको नसाले थेगेमा दोस्रो मुटुको नसामा असर गर्छ ,यसलाई हृदयघात (Heart Attack ) भनिन्छ। मुटुको नसाले विचारको बेग धानेमा तेस्रो मानिसको नसामा असर पर्छ यसलाई प्यारालाइसिस (Paralysis) भनिन्छ। चौथोमा आखाँको नसामा असर गर्छ आखाँको ज्योती गुम्छ। पाचौमा मुखको नसाले मानिसको मुख बाँङ्गो बनाईदिन्छ।
अति सोचविचार ( Overthinking ) को विचारलाई खाली / डिलिट गर्न सधै प्रसन्न (मुस्कानको जरा धन्यबाद दिनु) रहनु हो।आध्यात्मिक यात्रामा मात्र मन/ विचार स्थिर गर्न सकिन्छ।
क्रोधको- विचार मनमा आएमा त्यस्ता विचार नाशको लागी एकाग्र भई शान्त हुनुपर्छ।
लोभको- विचार मनमा आएमा त्यस्ता विचार नाशको लागी सन्तोष र उदार हुनुपर्छ।
द्धेषको -विचार मनमा आएमा त्यस्ता विचार नाशको लागी प्रेमको विचार गर्नुपर्छ।
अभिमानको – विचार मनमा आएमा त्यस्ता विचार नाशको लागी नम्र हुनुपर्छ।
भयको – विचार मनमा आएमा त्यस्ता विचार नाशको लागी निर्भय हुनुपर्छ।
विचार विज्ञानका अनुसार विचार परिवर्तनका लागी मूल मन्त्रहरु
(A) मनको सकारात्मक कुरा मात्र सुन,नकारात्मक कुरा नसुन ।
(B) सबै दुःख र सुख आफ्नै संकल्पका फल हुन। सवै मानिस पुर्ण छैनन र हुदैन पनि। यस सत्यलाई चिन्तन मनन गरेर आफैले बुझ्न सिक। अंहकार,क्रोध,लोभ र बदला लिने सोचले मानिस भित्रको करुणा,दया,माया जस्ता राम्रा गुणहरु लुकेर दबिएर बस्छन। मानिसभित्र दया, माया,करुणा भाव जगाउन क्षमाशिल बन्नुपर्छ ।क्षमा दिनु दयाभाव होइन, यो सवैभन्दा ठुलो ईश्वरिय गुण भएको मान्छेले मात्र दिन सक्छ।
(C) खोज बन्द गर, के खोजेको ? (गाँस, बास, कपास र सहबास बाहेक अरु नखोज)।
(D) म समर्थ छु। जुनसुकै काम पनि जव म हातमा लिनेछु ,त्यसलाई अवश्य पुरा गर्नेछु ।यसलाई पुर्ण शान्ति र आत्मसंयमका साथ गर। जे अनुभव गर्छौ, त्यही हुन्छौ, जो सोच्छौ. त्यही पाउछौ।
(E) जीवनमा आफुले मानेर/ जानेर सिकेका कुराहरु सवै डिलिट ( हटाए ) भए पछी मात्र नया कुरा सिकिन्छ। आफुले जानेको कुराबाट सिक्ने होइन। केही नजानेको भनेर शुन्य लेबलमा गएर सिकेपछी छिटो सिकिन्छ। मानेका कुराहरु अनुभव, कितावको ज्ञानहरु प्राप्त हुन्छ। भने जानेका कुरा आफैलाई बोध भएर म आत्मा हुँ भनेर जानेर सिकिन्छ, जव आफु जानिन्छ तव मान्न छोडिन्छ।
(F) शुभ संकल्प गरः-
संकल्पमा विचित्र सामार्थ हुन्छ यसले विचार दृढ बनाउछ, लक्ष्य पुरा गर्न अठोट गर्छ, म सक्छु भन्ने भावना आउछ। मानिसलाई ईच्छाशक्तिले नै भाग्यलाई बनाउछ र त्यही नै जित्ने शक्ति हो ।
(G) नराम्रो दुष्ट विचार मनमा आएमा भगवानको नाम २५ पटक जप गर, नराम्रो विचार आफै हटछ ।
(H) दिनमा आफुलाई चाहिने असल विचार ( विश्वास,आनन्द, आशा, दया, स्नेह र साहस) ७५ पटक जय गर। नराम्रो विचार आएमा मनलाई तुरुन्त आफैले आदेश देउ त्यो विचार गईहाल, भष्म भइजावोस, यस्तो गरे ती नराम्रा विचार लुप्त हुनेछन ।
(I) दुष्ट विचार मनबाट नगएमा मन र शरीरलाई दण्ड दिनेः– यस्तो विचार आइरहे, म निर्जल उपवास गर्छु भन्ने संकल्प गर्ने, यसबाट मानिसका नराम्रा विचार घटदै जान्छ ।
(J) आफुमा जुन बस्तुमा इच्छा छ उसै माथि आफ्नो विचार केन्द्रित गर। ब्यक्तिको समस्याको कारण आफै हो र आफुलाई बुझेपछि समाधान पनि आफैले गर्न सक्छ ।
(K) -धनी बन्ने चाहना छ भने सधै धनको मात्र कल्पना गर। त्यस्तै चित्रको कल्पना गर। निरोगी हुन चाहन्छौ, भने मेरो रोग मेरो श्वासबाट बाहिर निस्किरहेको छ।म स्वास्थ्य र बलबान छु। म रोग रहित छु भन्ने चित्र १५ मिनेट सम्म दिमागमा बनाएर आफै हेर र विचार गर- म पुर्ण निरोगी र स्वस्थ्य छु ।मनलाई स्वास्थ्यमा लगाउ, आफूलाई स्वास्थ्य भएको देखाएर अरुबाट स्वीकार गराउ। यस्तो निरोगिताको चित्र बास्तविकतामा परिणत हुनेछ।यो म गर्न सक्छुः- भन्ने हिलिङ्ग उपचार (मनोरोगमा ) पद्दति हो ।
(L) कसैले आफुलाई दुःख दियो भने सम्झ,उसले सत्यलाई प्राप्त गरेको छैन।सत्य त यो हो कि कैसलाई कस्तो कर्मफल दिने मान्छेको हातमा हुदैन, भगवानको हातमा मात्र हुन्छ। धैयता गर, मौन रहन सिक, समयले उसलाई उत्तर आफै दिन्छ।
(M) मनमा पिडा, दुःख,धोका दिएको विचार आएमा त्यस विचारलाई हटाउने होइन,म होइन,त्यो विचार मात्र हो भनेर हर्ने हो। साक्षी भाव राख।नराम्रो विचार आउछ जान्छ। बोध (अवारनेस) भएर हेर्न सिक, जो हरेर बस्छ, त्यो साक्षी आत्मा हो आफुले आफैलाई हेरीरहनु । यो विचारले निर्माण गरेको संसार हो । विचार बन्द गर . समाधी घटने। बुद्धि,कल्पना, भावना,विचार शुन्य भएपछी आत्मवोध हुन्छ।
(N) भित्रबाट मौन रहनु (विचार आयो भने त्यसमा कथा नबनाउनु ) भित्रबाट करुणा जाग्छ ।मनलाई शान्त गरेर बस । चुपचाप हुदाँ पनि सवै कुरा प्रकृतिमा क्रियाशिल हुन्छ ।आत्मा निस्क्रिय छ।त्यही आत्मा तिमी हौ ।बैराग्य नभई रिक्तता हुदैन, रिक्त नभई खाली नभई अर्को कुरा आएर मनमा बस्तदैन ।
(O) मानिसको बोली / शव्द पनि एउटा भोजन जस्तै हो। शब्दको पनि एउटा स्वाद हुन्छ। बोल्न भन्दा पहिला आफै चाख। यदि मिठो नलागे अरुलाई नपस्क, शब्द मिठा भए सम्वन्ध मिठा हुन्छन।
(p)मानिस चिन्ने/ परिक्षा लिने तरिकाः- १- भोको मान्छेले अरुको बगैचामा फलफूल आफै टिपेर खान्छ कि किनेर मात्र खान्छ? हेर। (मान्छे स्वाभिमान जाँच)
२- महिलाहरुको विचमा पुरुष मान्छेले कस्तो ब्यबहार गर्छ।( मान्छेको चरित्र जाँच)
३- सामुहिक कोषमा पैसा जम्मा भएको ठाँउमा आफ्नो लागी पैसा लुकाउछ, कि लुकाउदैन ? (मान्छे लोभी /स्वार्थी छ कि छैन जाँच) यसबाट मानिस कस्तो छ थाहाँ हुन्छ। जस्तै संसारमा मित्र र शत्रु भन्ने २ चिज हुदैन, एउटै हुन्छ, एउटा सिमाभित्र उ मित्र हुन्छ। त्यो सिमा बाहिर गएपछी शत्रु हुन्छ।( आगो र पानी )। यस्तै प्रेम र घृणा भन्ने दुवै शक्ति हुन, सिमाबाट बाहिर गएको प्रेम घृणा हो सिमा भित्र रहेको घृणा नै प्रेम हो।
(q) भौतिक जगत त्यागेर ज्ञान प्राप्त -बुद्ध भगवान।
भौतिक जगत नत्यागी ज्ञान प्राप्त -राजा जनक (मानसिक त्याग ) मन र शरीर म होइन, मन अलग र विचार अलग भनि छुट्टाउन सके मान्छे विचारबाट बाहिर आउछ विचारबाट बाहिर आउनु समाधान हो। त्यही क्षणमा मान्छे मुक्त हुन्छ। म त आत्मा हुँ। आत्माले गल्ती गर्दैन,भनेर मानसिक रुपमा तयार भएर बस–।(विकासान्नद)
जीवनको बास्तबिक उद्देश्य केवल भौतिक सुख होइन,आध्यात्मिक उन्नति र मोक्ष प्राप्ति हो। योग,ध्यान, सकारात्मक कर्म र संत्सगले बुद्बि शुद्ध हुन्छ र जीवन सार्थक बनाउछ।
१.३ (ग) चित्त ( Conscience) – चेतना दिने (Knowing)
मानिस भित्रको आन्तरिक आवाज,जसले मनमा सहि-गलत महसुस गराउछ। चित्तले भावको काम गर्छ ।जुन नैतिक अनुभुक्ति गर्ने गर्छ। यसले अन्तर आत्माबाट सहि र गलत महसुस गराँउछ। चित्तले सोच्ने, सम्झिने, अनुभव गर्ने, निर्णय गर्ने शक्तिको केन्द्र हो। चित्त कुनै एउटा कुरा होइन, यो मनको तह हो – जहाँ सोच, सम्झना, अनुभव, र अनुभूति सबै मिसिन्छन्।
चित्त – Mind (जब सोच, ध्यान, या मनोस्थिति बुझाउने )।
चित्त –Heart (जब भावना, संवेदना, या गहिरो चाहना बुझाउने)।
चित्त – Consciousness (जब चेतना, आत्मचेतना, अध्यात्मिक अनुभूति बुझाउने)।
बाहिरका गतिविधीको प्रभावबाट चित्तको भाव बनाउछ ।
मन सवै सुक्ष्म गतिविधीको केन्द्र हो। मनमा उत्पन्न हुने विचार, भावना.इच्छा र स्मृतिहरुको भण्डार नै चित्त हो। बाहिरका गतिविधीको सिधा प्रभाव चित्त माथि पर्छ। चित्तले पनि त्यहि प्रकारको भाव छोड्छ।
चित्त भनेको मानिसको भित्री चेतना हो, जसले उसलाई आफ्नो कर्महरुको मुल्यांकन गर्न प्रेरित गर्छ । जव मानिसले राम्रो राम्रो कर्म गर्छ, तव चित्त शान्त र सन्तुष्ट हुन्छ, भने खराव वा गलत काम गर्दा चित्तले ग्लानी, पश्चाताप र असन्तोषको अनुभुति गराँउछ यो अनुभुति बाहिरी दबाबबाट होइन, मानिसको आफ्नै भित्री मनबाट उत्पन्न हुन्छ।
चित्त स्थिर, शुद्ध र नियन्त्रण योग्य भए ब्यक्ति सकारात्मक विवेकपुर्ण र आध्यात्मिक गुणयुक्त हुन्छ। चित्तको गुणबाट नै ब्यक्ति मानसिक र नैतिक स्वभाव निर्धारण गर्छ।यो समयसँग अनुभव र शिक्षाको माध्यमबाट परिपक्क हुन्छ ।
सात्विक गुण भएको चित्त भए -ब्यक्ति शुद्ध,धर्म,योग र मोक्षको मार्गमा लाग्छ।
राजसिक र तामसिक गुणको चित्त भएको ब्यक्ति भएमा मोह, आशक्ति,झुट, क्रोध, सुस्त, अल्छि र भ्रमपुर्ण हुन्छ ।
चित्तका बृत्तिहरु(चलायमान अवस्था) रोक्न नै योग हो। चित्तलाई अभ्यास र ध्यानबाट शुद्ध र स्थिर बनाउन सकिन्छ। दुनिया हेर्दा पोजेटिभ हेर,आफ्नो हेर्ने भए नेगेटिभ हेर।त्यसलाई सुधार गरि अगाडि बढ।
चित्त शुद्ब गर्ने तरिकाः- मन्त्र, ध्यान (ॐ नमः शिवाय), प्राणयाम र मौन अभ्यास गर्ने ।मन जिते विश्व जितिन्छ। आध्यात्मिक यात्रामा चित्तलाई शुद्ध बनाउनु नै पहिलो कदम हो।
१.४ (घ) अंह्कार ( Ego) – कार्यरुप दिने (Identifying)
– म, म नै सवै हुँ भन्ने भावना।
यसले मानिसलाई आफुलाई अरुबाट अलग पहिचान गर्न मद्दत गर्छ। सधै आफुलाई श्रेष्ठ देखाउने दवाव सृजना गर्छ। जसले चिन्ता र तनाव बढाउछ। रचनात्मक ओलोचना स्वीकार गर्न गान्हो बनाउछ।जसले ब्यक्तिलाई सुधारको अवसरबाट बञ्चित गर्छ । यसले ब्यक्तिको कमि कमजोरीहरु स्वीकार गर्न दिदैन र व्यक्तिगत सिकाईमा बाधा पुग्छ।
-इच्छाको कार्य रुप दिने।म र मेरो भन्ने भाव लिएर चित्तले आकार प्रकार दिने ।
हिन्दु धर्म अनुसार यो शरीर, पद,धन र ज्ञान आदिलाई म ठान्नु नै अहंकार हो ।यो अज्ञानजन्य भ्रम मानिन्छ।
भागवत गीतामा अहंकारलाई बन्धनको कारण भनिएको छ। अहंकार, दम्भ,क्रोध र कठोरता यी आसुरी स्वभाव हुन।अहंकारमा अडिग भएमा मानिस पतनतर्फ जान्छ।
अहंकारबाट मुक्त हुन म शरीर होइन आत्मा म हुँ भन्ने बोध हुनपर्छ। भक्तियोग अनुसार सवै कर्म भगवानलाई अर्पण गर्नुपर्छ। कर्मयोग अनुसार फलको आसक्ति त्याग गर्नुपर्छ।
अंह ब्रहास्मि- म ब्रम्हा हुँ बोध आएपछि अंहकार बिलय हुन्छ ।अंहकार ४ प्रकारका हुन्छन।
(I)देह अहंकार – म यो शरीर हुँ भन्ने भावना।( शरीर नासबान छ)
(II) कर्तब्य अहंकार – सवै काम मैले नै गरेको सोच्नु।( ईश्वरको भुमिका नदेख्नु)
(III) भोग अहंकार -म नै सुख र दुःख आफ्नै कारणले हो भन्ने ठान्नु।(पुर्वजन्म र यस जन्मका कर्मले हो फल पाइने)
(IV) ज्ञान अंहकार– -म सवै जान्दछु। भन्ने भ्रम,(ज्ञानी, गुरु, योगी महाराजाको ज्ञान नसुन्नु)
यी ४ वटा अंहकार त्यागेर नै आत्मज्ञान र मोक्ष तर्फ मार्ग जान सकिन्छ ।
मानिस ३ अंहकारमा फस्छः-
(I) मुलाधार चक्र(ब्रम्हा ग्रन्थी)- भौतिक बन्धन- आखाँले देखेको कुरामा मोह।
(II) हृदय चक्र ( बिष्णु ग्रन्थी) -मनोबैज्ञानिक बन्धन- धर्म, रितिरिवाज, जात र बर्णमा मोह।
(III) आज्ञाचक्र (शिव ग्रन्थी)- आध्यात्मिक मोह- मेरो धर्म,मेरो गुरु, मेरो ज्ञानमा मोह।
यी तिन अहकारको बन्धनबाट मुक्त भएपछि मात्र आत्मामा पुगिन्छ।
अहंकारबाट मुक्त हुने मुल मन्त्र
कर्मको फल ईश्वर/ प्रकृतिले दिने हो भनि सोच्दा अंहकार/ रिस हुदैन।अहकार/ क्रोधको शुरु पागलपनबाट शुरु हुन्छ, भने अंहकारको समाप्ति प्रत्याचितबाट हुन्छ। अहकारमा मानिसको दिमाग लुज हुन्छ । आत्मा, मन र शरीरको हार बाट मानिसमा भय/ डर उत्पन्न हुन्छ ।
हरेक दिनको शुरुवात गर्दा भगवानसगँ प्राथना गरः-
(i)हे भगवान, मैले जुन कुरा बदल्न सक्दिन, स्वीकार गर्ने शक्ति देउ।(२०% समस्या हामीले समाधान गर्न सकिदैन, समयलाई नै छोडिदेउ समाधान गर्न। समय परिवर्तनशिल भएकाले समयले आफै समाधान दिन्छ।)
(ii)हे भगवान, मैल बदल्न सक्ने कुरा,बदल्नमा साहस देउ।(संकल्पबाट साहस बढछ )
(iii)हे भगवान, मैले गर्न सक्ने वा नसक्ने कुरा छुट्याउने बुद्धि देउ।( मैले गर्न सक्ने वा नसक्ने आफ्नो बसको कुरा छुट्याउन )
मानिसमा तर्क, विवाद, असहमती, बुद्धि र विचार शिथिल हुदै जे जस्तो जहाँ जुन अवस्थामा छ त्यसलाई त्यस्तै अवस्थामा स्वीकार गरेपछि त्यसको पक्ष, विपक्ष ,हित ,अहित, उच, निचको विचार नै हराउदै गएपछि बल्ल मान्छेको अंहकार सकिन्छ।
निष्कर्षमा
प्राण, चेतना, मन र बुद्धि रुपी चार कला भन्दा माथि सत्य र असत्य छुट्याउन सक्ने कला विवेक हो। यसरी प्राण तत्वका पाचँ कला प्राण, चेतना, मन, बुद्धि र विवेकको एकिकृत जुन मुर्तरुप अस्तिवमा देखापन्यो त्यसलाई मानव भनियो। विवेक नै मानव जातीका विशेषता हो, मानवमा विवेक हटाईदिने हो, उसमा पशुत्व (मानव- विवेक=पशु) मात्र मात्र वाँकी रहन्छ।
मानिसको सुक्ष्म शरीरमा ज्ञानेन्द्रिय (कान,छाला,आखाँ, जिव्रो र नाक) हरुमा कानले श्रवण शक्तिद्बारा सुनेर,छालाले स्पर्श शक्तिद्बारा छोएर,आँखाले हेरेर,जिव्रोले रसास्वापान शक्तिद्बारा चाखेर र नाकले घ्राणशक्तिद्बारा सुधेर कुनैपनि ज्ञान प्राप्त गर्दछ।
ज्ञानेन्द्रियको छाप चित्त (चेतना) मा पर्छ ,त्यस चेतनामा परेको छाप बुद्बीमा परिणत हुन्छ त्यस बुद्बीले विचार शक्तिबाट जुन निर्णय गर्छ,त्यसलाई मनमा पठाउछ। मनले संकल्प गर्ने वा विकल्प खोज्ने शक्तिले आफ्नो शक्तिले ती कुरालाई अहङकार (इच्छा ) मा पठाउछ ।अनि ति कुरा साकार भएमा चित्त (चेतनामा) आउछ ।
चेतना (चित्त ) ले कार्यान्वयन गर्न कमेन्द्रियलाई सुम्पिदिन्छ ।कमेन्द्रिय (खुट्टा,हात,वाणी, लिङ्ग र गुदद्बार )हरुमा क्रियाशक्तिलाई खुट्टाले हिडने, हातले काम गर्ने,वाकशक्तिद्बारा वाणीले बोल्ने, प्रजनन शक्तिद्धारा लिइने सम्भोग गर्ने र उत्सर्ग शक्तिद्बारा मलद्बारले मल त्याग गर्ने कार्य सम्पादन गर्छ।यसरी कमेन्द्रियलाई कार्यमा प्रेरित गराउने प्रेरक शक्ति अन्तकरण नै हो।
२.शरीर –आत्माको अस्थायी आवास।
– शरीर भनेको आत्माले काम गर्ने भौतिक साधन हो। आत्मा यसैबाट देख्छ, बोल्छ, हिँड्छ। शरीर कपडा जस्तै हो—आत्माले लगाउने र छोड्ने।
(क) बिज्ञानः– शरीर भनेको कोशिकाहरूबाट बनेको जीवित संरचना हो, जसले विभिन्न अंग र प्रणालीको सहकार्यबाट जीवनका आवश्यक क्रियाहरू सञ्चालन गर्छ। जस्तै पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली, रक्तसञ्चार प्रणाली, स्नायु प्रणाली, मांसपेशी प्रणाली, हर्मोन प्रणाली आदि। यी सबै प्रणालीहरू एक–अर्कामा निर्भर छन्। एउटा प्रणाली बिग्रिँदा सम्पूर्ण शरीरमा असर पर्छ।
दिमाग (brain) शरीरको मुख्य नियन्त्रण केन्द्र हो। यसले स्नायु प्रणाली मार्फत शरीरका सबै भागमा सन्देश पठाउँछ। हामी सोच्नु, सम्झनु, निर्णय गर्नु, डराउनु, खुसी हुनु—यी सबै प्रक्रिया दिमागका विद्युतीय र रासायनिक गतिविधिसँग सम्बन्धित छन्। हर्मोन र न्यूरोट्रान्समिटरहरूले हाम्रो भावना, भोक, निद्रा, यौनिकता र तनावसम्म नियन्त्रित गर्छन्।
वैज्ञानिक रूपमा हेर्दा शरीर जन्मिन्छ, बढ्छ, बुढो हुन्छ र अन्ततः नष्ट हुन्छ। यो परिवर्तन प्रकृतिका नियम अनुसार हुन्छ। शरीर समय सँगै क्षय हुन्छ, कोशिकाहरू कमजोर हुन्छन्, र अन्ततः मृत्यु हुन्छ। यस अर्थमा शरीर स्थायी होइन, परिवर्तनशील छ।
(ख)आध्यात्मिकः- आध्यात्मिक दृष्टिमा शरीर भनेको आत्मा वा चेतनाको अस्थायी आवास हो। शरीर “म” होइन, शरीर मसँग भएको साधन हो। यहाँ चेतना मूल हो, शरीर माध्यम मात्र। उपनिषद्, गीता, बौद्ध दर्शन—सबैले कुनै न कुनै रूपमा यही भन्छन्: शरीर परिवर्तनशील छ, आत्मा/चेतना स्थायी छ। जन्म–मृत्यु शरीरको हो, चेतनाको होइन। दुःख–सुख शरीर र मनमा देखिन्छ, तर चेतना त्यसको साक्षी मात्र हो। हिन्दु दर्शनमा शरीरलाई एउटै तहमा सीमित गरिएको छैन। यसलाई तीन तहमा बुझिन्छ—
(क) स्थूल शरीर-यो देखिने शरीर हो। हाड, मासु, छाला, रगत, अंग–प्रत्यंग भएको शरीर। जन्म, रोग, बुढ्यौली र मृत्यु यसैसँग सम्बन्धित छन्। यो शरीर कर्म गर्नका लागि प्रयोग हुन्छ।
(ख) सूक्ष्म शरीर-यसमा मन, बुद्धि, अहंकार र इन्द्रिय शक्ति पर्छन्। इच्छा, क्रोध, लोभ, डर, सुख, दुःख। यी सबै सूक्ष्म शरीरका अनुभव हुन्। मृत्यु भएपछि पनि सूक्ष्म शरीर आत्मासँगै रहन्छ।
(ग) कारण शरीर– कारण शरीर भनेको आत्मालाई जन्म–मृत्युको चक्रमा बाँधेर राख्ने अज्ञान र कर्मको भण्डार हो। हामीले गरेका कर्म र मनमा बसेका संस्कार यही कारण शरीरमा सुरक्षित रहन्छन्। यसैका कारण आत्माले फेरि–फेरि नयाँ शरीर लिन्छ। जब ज्ञान प्राप्त हुन्छ र अज्ञान नष्ट हुन्छ, तब कारण शरीर समाप्त हुन्छ र मोक्ष मिल्छ।
आध्यात्मिक दृष्टिमा शरीर मात्र छैन, मन र चेतना पनि छन्। शरीर स्थूल (स्थूल शरीर), मन सूक्ष्म (सूक्ष्म शरीर) र चेतना कारण (कारण शरीर) मानिन्छ। शरीर देखिन्छ, मन अनुभूति हुन्छ, चेतना साक्षी हुन्छ।
दुःख र सुख प्रायः मन र शरीरमा हुन्छन्, तर चेतना त्यसको साक्षी मात्र हुन्छ। तर साधारण अवस्थामा मानिस चेतनाको स्तरमा होइन, शरीर–मनको स्तरमा बाँचिरहेको हुन्छ। त्यसैले शरीरको पीडालाई “मेरो अस्तित्वकै पीडा” ठानिन्छ।
सन्तुलित जीवन भनेको शरीरलाई विज्ञानले जोगाउनु र चेतनालाई आध्यात्मले बुझ्नु हो। शरीरको हेरचाह नगर्ने साधना खोक्रो हुन्छ, र चेतनालाई नकार्ने जीवन यान्त्रिक हुन्छ।
भागवत गीतामा शरीरः-श्रीकृष्णले स्पष्ट रूपमा भन्नु भएको छ—“वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि।” जसरी मानिसले पुरानो कपडा फेरेर नयाँ कपडा लगाउँछ, त्यसरी नै आत्माले पुरानो शरीर छोडेर नयाँ शरीर धारण गर्छ। शरीर कर्मको क्षेत्र हो। आत्मा शरीर मार्फत कर्म गर्छ र कर्मको फल भोग्छ। शरीरको प्रयोग सही कर्मका लागि गरिए मोक्ष तर्फ लैजान्छ, गलत कर्मका लागि गरिए बन्धन बढाउँछ।
शरीर पाएको अर्थ केवल भोग गर्नु होइन, धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ पूरा गर्नु हो। शरीरलाई केवल सुख–सुविधाका लागि प्रयोग गर्नु अज्ञान हो। शरीरलाई धर्म र साधनाको मार्गमा लगाउनु ज्ञान हो। ध्यान, योग, तपस्या, प्रार्थना जस्ता अभ्यासको उद्देश्य शरीरलाई नकार्नु होइन, शरीरभन्दा परको सत्य अनुभूति गर्नु हो। शरीरलाई शुद्ध, स्वस्थ र अनुशासित राख्नु आवश्यक छ, त्यसैले आध्यात्मिक मार्गमा शरीरलाई “मन्दिर” भनिएको छ—जहाँ चेतना वास गर्छ।
हिन्दु धर्ममा मृत्यु भनेको आत्माको नयाँ यात्राको सुरुवात हो। शरीर छोडिन्छ, आत्मा रहन्छ। कर्म अनुसार अर्को शरीर प्राप्त हुन्छ। यही कारण संस्कार, श्राद्ध, दाहसंस्कारको व्यवस्था गरिएको छ—शरीरलाई सम्मानपूर्वक प्रकृतिमा फिर्ता गरिन्छ।
शरीरलाई “म” ठान्नु अज्ञान हो, शरीरलाई तिरस्कार गर्नु पनि अज्ञान हो। शरीरलाई साधन बनाएर आत्मज्ञान तर्फ अघि बढ्नु नै हिन्दु दर्शनको सार हो।
म शरीर होइन, मेरो शरीर हो भनेर चेतना फर्केपछि आत्मा स्थिर हुन्छ। अहिलेको नाता शरीरको नाता हो। सत्य त शरीर परिवर्तिन भईरहन्छ। पाच ईन्द्रियको क्रियाशिलतामा म छैन (म साक्षी भाव मात्र)। शरीर जहिले पनि परिवर्तन भईरहने हुन्छ यो त अरुलाई लागी देखाउने राम्रो नराम्रो त यो त दर्शक भयो दृष्य भयो।जहाँ परिवर्तन हुन्छ तहाँ सुख हुदैन । जो आज छ भोली छैन त्यो असत्य भयो। शरिर परिवर्तनशिल छ यी सवै असत्य हुन। असत्यलाई प्रेम गरेपछि दोधार हुन्छ कन्फुजन भइरहने। मान्छे पिडा दुःखी भएर मर्ने, आत्मामा त्यही अपलोड हुन्छ। अर्को जन्ममा त्यस्तै भएर जन्मने हुन्छ (भरत राजा मर्ने बेलामा भेडाको संगतले अर्को जन्म भेडा भएका)।
मानिस मरेपछि दोस्रो जन्ममा पूर्वजन्ममा गरिएका राम्रा नराम्रा विचारले नै उसलाई सुख र दुःख दिन्छन। पूर्वजन्मको कर्मले पुनः विचार मनमा उत्पन्न भई आफ्नो इच्छानुसार काम गराँउछ। जुन काम नगरौ भन्ने इच्छा छ, त्यसलाई अन्य जन्ममा लाचार भएर गर्नुपर्छ, किनभने उसका ति विचारहरु आकाक्षा बासना मरेका छैनन।
पुन्य आत्मा भएर मर्ने राम्रो संस्कार भएको परिवारमा जन्मन्छ, भने पापी आत्मा खराव संस्कार भएको घरमा जन्मिन्छ। मानिसलाई विगत र भविश्यले पोलीरहन्छ। जसलाई मेरो भने त्यो मोह भयो,यसैबाट मानिसलाई ईष्या गर्ने जलाउने गर्छ। शरिर मनको प्रतिविम्ब हो, मनमा पर्ने प्रत्येक चिन्ह मानिसको बाहिर शरीरमा नपरिरहन सक्तैन । मानिसको शरीरमा कान र आँखाबाट विकार मन र विचारमा पर्छ। यसैले नराम्रो नकारात्मक कुरा आँखाले हेर्दै नहेर र नराम्रो कुरा सुने पनि यसलाई पुन दोहोन्याएर दिमागमा नपुँराउ। नराम्रो घटना देख्ने र सुनि सकेपछि सकियो, त्यसलाई मन र विचारमा लिएर नबस।
३.आत्मा – आफू भएको अनुभूति।
आत्मा भनेको “म छु” भन्ने भित्री अनुभूति हो। मेरो शरीरलाई म भन्ने म को हो? यही आत्मा हो। शरीर र सोच दुवैलाई अनुभव गर्ने चेतना। शरीर बदलिन्छ, विचार आउँछ,जान्छ, तर भित्रको “म” स्थिर जस्तो लाग्छ, त्यही स्थिर अनुभूति नै आत्मा हो। आत्मा हरेक जिवमात्माको हृदयमा विद्यमान छ। आत्माको आकार कपालको रौ भन्दा सानो हुन्छ। यो ज्यादै सुक्ष्म भएकाले यसलाई देख्न र मार्न सकिदैन। आत्मा जिवमात्मालाई सजिव बनाउन यी ५ वायुहरु प्राण, उदान, समान, अपान र व्यानमा तैरिएर बसेको हुन्छ ।
यस धर्तिमा कसले पठायो, डाक्टरले उपचार गर्दा अर्को शक्तिको प्राथना गर भन्दछन त्यो अर्को शक्ति/उर्जा को हो।
(क) विज्ञानः– दिमागको उत्पादन न्युरोनहरू आपसमा सिग्नल आदान–प्रदान गर्ने चेतना (Consciousness) लाई आत्मा भनिन्छ । त्यहीँबाट सोच, भावना, “म” भन्ने अनुभूति जन्मिन्छ। दिमाग बिग्रियो भने व्यक्तित्व बदलिन्छ। यसले देखाउँछ कि “आत्मा” भनिने कुरा दिमागसँग गहिरो रूपमा बाँधिएको छ। विज्ञान बाहिर हेर्छ, विज्ञानका लागि अझै नबुझेको चेतना ।आत्मा दिमागको जटिल कार्यप्रणालीको अनुभव हो।
(ख) आध्यात्मिकः-आत्मा– शुद्ध चेतना, आत्मा भनेको शरीर भित्र रहने अमर चेतना हो।शरीर मर्छ, तर आत्मा मर्दैन। आत्मा न जन्मिन्छ, न मर्छ ।शरीर बदलिन्छ, आत्मा उही रहन्छ।मृत्यु भनेको आत्माले शरीर फेर्नु मात्र हो।
आत्मा शरीर होइन, दिमाग होइन। शरीर बदलिन्छ, दिमाग थाक्छ,तर “हेर्ने साक्षी” उही रहन्छ। यसैलाई आत्मा भनिन्छ। उपनिषद्, गीता, बौद्ध दर्शन अनुसार शरीर नासवान छ,आत्मा न जन्मिन्छ, न मर्छ। आध्यात्मले मानिसको भित्र हेर्छ। आध्यात्मका लागि सधैँ देखिँदै आएको सत्य।
-ध्यान, समाधि, गहिरो आत्मअनुभव बाट मानिसले “म शरीर होइन” भन्ने अनुभूति गर्छ।
तिमी बिसुद्ध चेतना/ बोध/ होस हौ। आत्माको स्वभाव आनन्दको हुन्छ। आत्मा आफै तृप्ति परमानन्द हुन्छ। ‘सत्यम शिवम सुन्दरम’ आत्मा सत्य हो। आत्मा न कर्ता हो न भोक्ता हो । गल्ती म बाट भएको होला मैले गरेको होइन। म द्बारा भयो, मैले गरेको छैन।(स्वामित्व नलिनु ). आत्मा कहिल्यै सुत्दैन। जस्तै म भोली ५ बजे बिउझिन्छु भनि मानिस निदाउदा ५ बजे बिउझिन्छ। त्यही जागृत गराउने चेतना (आत्मा) हो।
मेरो भनेको आत्मा हो संकल्प – राम्रो भयो भने मैले गरेको भनि जस लिइदिन। मैले गरेको भनेपछि अंहकार बढछ। केही नराम्रो खराव भएमा पनि पछुताउदिन।
म को हुँ ? म शरीर होइन, म मन होइन, म बोध/ आत्मा हुँ (शब्दमा खरो उत्रनु, शब्द सत्यको रुपमा घटछ)। बिलकुल शान्त मौन भएर बस कसैले सिकाउनु पर्दैन आफै अनुभव गर्छौ। शरीर शान्त र मन शान्त केही खोज बाँकी रहदैन। मन चन्चल हुन्छ किनकी हामीले केही खोजी रहेका छौ। खोज बन्द गर ( केही पाउनु छैन, केही हुनु छैन, केही जान्नु छैन, जहाँ खोज बन्द हुन्छ, तहाँबाट बोध को यात्रा शुरु हुन्छ)।
बिचार शुन्य भएपछि समाधी आफै घटने हो। पहिला शान्त भएर विचार गर त्यसको दुई गुणा समयसम्म मनन गर। आफ्नो स्वर्दशन गर्ने ब्रम्ह्डीय उर्जाले भरिपुर्ण छु भन्ने अनुभुति (फिलिङ्ग) बढाउने ।खुसी बढाउने जाने दोहोन्याउदै जाने। आत्माको स्वभाव खुसी हुने हो। मौन नै औषधी हो किनकी हाम्रो आत्मा मौन छ।
शरीर छुटेको मृत्यृ हो भने मन छुटिएर जानु मुक्ति (मानसिक संस्कार) हो। जसले आफुलाई मुक्त ठान्छ उ मुक्त हुन्छ जे ठान्छ त्यही पाउँछ।
निष्कर्षमा म को हुँ ? या म सवै हुँ, या त म कोही पनि होइन। यो बुझ ज्ञान यही हो। मलाई केहि थाँहा छैन थाहा पाउनु नै ज्ञान हो।(सुकरात) यति बुझे पछी जानुपर्ने केही रहदैन।
२.भावनात्मक स्वास्थ्य (Emotional Health)
भावनात्मक स्वास्थ्य भनेको व्यक्तिले आफ्ना भावना चिन्ने, बुझ्ने, स्वीकार गर्ने र सही तरिकाले व्यक्त गर्न सक्ने मानसिक अवस्था हो। यो मानिसको समग्र स्वास्थ्यको एक महत्वपूर्ण पक्ष हो, जसले सोच, व्यवहार, निर्णय क्षमता र सामाजिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छ। शारीरिक रूपमा स्वस्थ देखिने व्यक्ति पनि भावनात्मक रूपमा कमजोर हुन सक्छ, त्यसैले भावनात्मक स्वास्थ्यलाई मानसिक र शारीरिक स्वास्थ्य जत्तिकै आवश्यक मानिन्छ।
भावनात्मक स्वास्थ्य राम्रो भएको व्यक्ति खुशी, दुःख, रिस, डर, निराशा जस्ता सबै भावना स्वाभाविक रूपमा स्वीकार गर्छ। उसले भावनालाई दबाउने होइन, परिस्थिति अनुसार सन्तुलित रूपमा व्यक्त गर्न जान्दछ। यस्तो व्यक्तिले तनाव र समस्यालाई जीवनको भागको रूपमा बुझ्छ र तिनको सामना धैर्य ,सहानुभूति, सहयोग, विश्वास र आत्मनियन्त्रण जस्ता गुणहरू भावनात्मक स्वास्थ्यबाटै विकास साथ गर्न सक्छ।भावनात्मक स्वास्थ्यले व्यक्तिको आत्मसम्मान र आत्मविश्वास निर्माण गर्न मद्दत गर्छ। जब व्यक्ति आफ्ना भावनालाई बुझ्छ र नियन्त्रण गर्न सक्छ, उसले आफूलाई सकारात्मक दृष्टिले हेर्न थाल्छ। यसले जीवनप्रति आशावादी सोच विकास गर्छ र असफलता वा कठिनाइ आए पनि हार नमानी अघि बढ्ने शक्ति दिन्छ।
भावनात्मक स्वास्थ्य कमजोर हुँदा व्यक्ति सानो कुरामा पनि धेरै रिसाउने, अत्यधिक चिन्तित हुने, निराश महसुस गर्ने वा आफैँलाई दोष दिने बानीमा फस्न सक्छ। यस्तो अवस्थामा सामाजिक सम्बन्ध बिग्रिन सक्छ, निर्णय क्षमता कमजोर हुन्छ र मानसिक तनाव बढ्दै जान्छ। लामो समयसम्म यस्तो अवस्था रहि रहेमा मानसिक रोगको जोखिम पनि बढ्न सक्छ।
हुन्छन्।
बाल्यकाल देखि नै भावनात्मक स्वास्थ्यको विकास अत्यन्त महत्वपूर्ण मानिन्छ। बालबालिकाले आफ्ना भावना व्यक्त गर्न पाउने वातावरण पाएमा उनीहरू भावनात्मक रूपमा बलिया बन्छन्। डर, रिस वा दुःखलाई दबाउन सिकाइएमा भविष्यमा मानसिक समस्या देखिन सक्छ। त्यसैले परिवार र विद्यालयले भावनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ।भावनात्मक स्वास्थ्य भनेको केवल खुशी हुनु मात्र होइन, दुःख र कठिनाइलाई पनि सन्तुलित मनले स्वीकार गर्दै जीवनलाई अघि बढाउने क्षमता हो। राम्रो भावनात्मक स्वास्थ्यले व्यक्तिलाई मानसिक रूपमा बलियो, सामाजिक रूपमा सक्षम र जीवन प्रति सकारात्मक बनाउँछ।
भावनात्मक स्वास्थ्यलाई कायम राख्न आत्मचिन्तन, ध्यान, सकारात्मक सोच, स्वस्थ जीवनशैली र आवश्यक परे परामर्श लिनु उपयोगी हुन्छ। आफ्ना भावनालाई लुकाउनु होइन, बुझ्नु र स्वीकार गर्नु नै भावनात्मक स्वास्थ्यको आधार हो।
३.सामाजिक स्वास्थ्य (Social Health)
सामाजिक स्वास्थ्य भनेको व्यक्ति र समाज बीचको सम्बन्ध स्वस्थ, सन्तुलित र सकारात्मक हुनु हो। यसले व्यक्तिले परिवार, साथीभाइ, समुदाय र समाजसँग कसरी घुलमिल गर्छ, सहकार्य गर्छ र सामाजिक जिम्मेवारी पूरा गर्छ भन्ने कुरा जनाउँछ। सामाजिक स्वास्थ्य मानिसको समग्र स्वास्थ्यको एक महत्वपूर्ण आयाम हो, जसले मानसिक र भावनात्मक स्वास्थ्यलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्छ।
राम्रो सामाजिक स्वास्थ्य भएको व्यक्ति अरूसँग स्पष्ट र सम्मानजनक व्यवहार गर्छ। उसले आफ्ना विचार र भावना खुला रूपमा व्यक्त गर्न सक्छ र अरूको विचार र भावना बुझ्न तथा सम्मान गर्न जान्दछ। सामाजिक रूपमा स्वस्थ व्यक्ति समाजका नियम, मूल्य र संस्कृतिलाई स्वीकार गर्दै समाजमा सक्रिय भूमिका खेल्छ।सामाजिक स्वास्थ्यले व्यक्तिको आत्मसम्मान र आत्मविश्वास बढाउन मद्दत गर्छ। समाजबाट सहयोग, माया र अपनत्व पाउँदा व्यक्ति आफू सुरक्षित र मूल्यवान् भएको महसुस गर्छ।
सामाजिक स्वास्थ्य कमजोर हुँदा व्यक्ति एक्लिन खोज्ने, अरूसँग झगडा गर्ने, समाजबाट टाढा रहने वा सामाजिक जिम्मेवारीबाट भाग्ने प्रवृत्ति देखिन सक्छ। यसले व्यक्तिगत जीवन मात्र होइन, समाजको समग्र विकासमा पनि नकारात्मक प्रभाव पार्छ। त्यसैले सामाजिक स्वास्थ्यलाई व्यक्तिगत विषय मात्र नभई सामाजिक आवश्यकताको रूपमा पनि हेरिन्छ।
सामाजिक स्वास्थ्य विकासमा परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। परिवारबाट सिकेको व्यवहार, मूल्य र संस्कारले व्यक्तिको सामाजिक जीवनको आधार बनाउँछ। साथै विद्यालय, साथीभाइ र समुदायले पनि सामाजिक सीप, सहकार्य र सहनशीलता विकास गर्न महत्वपूर्ण योगदान दिन्छन्।
सामाजिक स्वास्थ्य कायम राख्न आपसी सम्मान, सहयोग, संवाद र सहभागिता आवश्यक हुन्छ। सामाजिक गतिविधिमा सहभागी हुनु, अरूलाई सहयोग गर्नु र स्वस्थ सम्बन्ध कायम राख्नु सामाजिक स्वास्थ्यका मुख्य आधारहरू हुन्।
४.शारीरिक स्वास्थ्य (Physical Health)
शरीरको राम्रो अवस्था, ऊर्जा, र रोग प्रतिरोधात्मक क्षमता कायम राख्ने स्थिति।
सन्तुलित आहार, नियमित व्यायाम, सफा वातावरण, राम्रो निद्रा
असन्तुलित खानपान, धूम्रपान, मद्यपान, निष्क्रिय जीवनशैली
– आयुर्वेद र एलोपेथिस
वाँकी शिषकहरु
१. मृत्यु
२. साथी १.धर्ममा भागवत
३ छिमेकी २.रामायण पात्र र शिक्षा
४.सफलता ३.महाभारत पात्र र शिक्षा
५.निन्द्रा ४.चाणक्य नीति
६.खुसी
७. दुःख
८. दान
९. सामाजिक संजाल