मानवको शुक्ष्म शरीर भनेको ज्ञानेन्द्रिय, कमेन्द्रिय ,अन्तकरण र प्राण मिलेर बनेको संरचना हो ।
१.१ ज्ञानेन्द्रियः विभिन्न कुराको ज्ञान गर्ने -कान,छाला,आखाँ, जिव्रो र नाक। १.२ कमेन्द्रियःविभिन्न कार्यको संकल्प गर्ने-खुट्टा,हात,वाणी, लिङ्ग र गुदध्दार।
१.३ अन्तकरणः ज्ञानेन्द्रिय र कमेन्द्रियहरुको योगविन्दुबाट चित्त (Consciousness ), बुद्बी (Intellect) ,मन (Mind) र अहंकार (Ego) का तत्त्वहरु पैदा हुन्छन ।
१.३(क) चित्त (Consciousness )– चेतनशक्ति
चित्त भन्नाले मानवको अन्तःकरण (inner faculty) लाई जनाउँछ, जुन सोच्ने, सम्झिने, अनुभव गर्ने, निर्णय गर्ने शक्तिको केन्द्र हो। चित्त कुनै एउटा कुरा होइन, यो मनको तह हो – जहाँ सोच, सम्झना, अनुभव, र अनुभूति सबै मिसिन्छन्। आध्यात्मिक यात्रामा चित्तलाई शुद्ध बनाउनु नै पहिलो कदम हो। चित्तलाई दिमाग,भावना र अध्यात्मिक चेतनाको सन्दर्भ प्रयोग हुन्छ ।
- चित्त → Mind (जब सोच, ध्यान, या मनोस्थिति बुझाउनुपर्छ)
- चित्त → Heart (जब भावना, संवेदना, या गहिरो चाहना बुझाउनुपर्छ)
- चित्त → Consciousness (जब चेतना, आत्मचेत, या अध्यात्मिक अनुभूति हो)। बाहिरका गतिविधीको प्रभावबाट चित्तको भाव बनाउछ ।
चित्त शुद्ब गर्ने तरिकाः- मन्त्र ध्यान (ॐ नमः शिवाय), प्राणयाम र मौन अभ्यास गर्ने ।मन जिते विश्व जितिन्छ।
१.३(ख) बुद्बी (Intellect)- विवेक शक्ति”
जसले बुझ्छ, जान्छ, निर्णय गर्छ — त्यो हो बुद्धि।यो ठिक र बेठिक हो यसो गर,यसो नगर भन्ने निश्चय गर्ने शक्ति नै बुद्बी हो।बुद्बीका प्रकारहरुः—
| १.श्रुतबुद्धि- | सुनिएको वा सिकिएको ज्ञानमा आधारित बुद्धि (school/college |
| २.अनुभवबुद्धि | -जीवनमा भोगेका घटनाबाट आएको बुद्धि (real-life street smarts) |
| ३.तर्कबुद्धि- | विश्लेषण गर्ने र कारण खोज्ने क्षमता (logical reasoning) |
| ४.विवेकबुद्धि | -नैतिकता र सत्कर्म छुट्याउने क्षमता (inner conscience) |
| ५. योगबुद्धि | -आत्मा र ब्रह्मको एकताको अनुभूति गराउने अध्यात्मिक बुद्धि |
| ६प्रज्ञा(IntuitiveIntelligence)- तर्कभन्दा पर, अचानक आउँछ — जैसे आत्मा बोलेको जस्तो लाग्छ । |
१.३(ग) मन (Mind)
चेतनामा जव यो काम गर्ने वा नगर्ने (संकल्प ) गर्छ त्यही मन हो ।
१.३.(घ )अहंकार (Ego)
–इच्छाको कार्य रुप दिने
म र मेरो भन्ने भाव लिएर चित्तले आकार प्रकार दिने ।
१.४ प्राण (Prana)-
ज्ञानेन्द्रिय,कमेन्द्रिय र अन्तकरणलाई सजिव बनाउने शक्ति प्राण वायु हो ।प्राण वायुका ५ प्रकार र ५ उपरुपहरु रहेका हुन्छन।
१.४.१(क) प्राण वायु- हृदय देखी नाकसम्मको भाग
श्वासप्रश्वासलाई भित्र लैजाने र बाहिर निकाल्नु , नाकमा गति दिदै खाएको अन्नादी एंव जलादीलाई मल, मुत्र, खकार ,पसिना र विर्यमा बदल्ने काम ।
१.४.१(ख) उदान वायु-कष्ठ भाग
सम्पुर्ण शिरो भागमा गतिशिलता प्रदान गर्छ ।
खाएको अन्नलाई आमाशयसम्म पुन्याउने तथा शरिरलाई सिधा उभ्याउने ठड्याउने कार्य ।
१.४.१ (ग) समान वायु- हृदयदेखी नाभीसम्म भाग
खाएको अन्न पचाउने (जठराग्नि) शरिरको तापक्रम समान राख्न मद्दत गर्छ । हामीले ग्रहण गर्ने वायु प्राण र बाहिर छाडिने अपान वायु नाभी स्थानमा संङ्गम हुदाँ जुन अग्नीतत्व प्रादुभाव हुन्छ ।त्यही समान वायु हो ।
१.४.१.(घ) अपान वायुः नाभीबाट पैतालासम्म
शरीरको तल्लो भागमा स्थित सवै इन्द्रियहरु यसैको अधिनमा रहन्छन ।
अपान वायुको प्रभाव कार्य कम्भर घुडा तथा जाङ्ग सम्वन्धी गतिशिलता दिने गर्छ ।मलद्बारबाट मल,लिङ्गबाट मुत्र ,अण्डाकोषबाट विर्य र स्त्री जातीमा गर्भ रहन मद्दत गर्ने गर्छ ।
१.४.१.(ङ) व्यान वायुः रक्त सञ्चार प्रणाली
पचेको अन्नबाट प्राप्त उर्जाशक्तिलाई शरीरको सम्पुर्ण भागमा लिएर जाने काम गर्छ।सर्वत व्याप्त भएर रहने भएकाले नै यसलाई व्यान (औरा) वायु भनिन्छ ।
१.४.२.(अ) नाग उपवायुः-वाडुली, हिकहिक, डकार आउनु ।
१.४.२.(आ) कुर्म उपवायुः- परेलाको झिमझिम गर्नु ।
१.४.२.(इ) कुकुल उपवायुः- हाछयु आउनु,खोक्नु तथा भोक जगाउनु ।
१.४.२.(ई) देवदत्त उपवायुः-हाई आउनु,निद्रा तन्द्रा लाग्ने ।
१.४.२.(उ) धनञ्जय उपवायुः-मृत्यृको घडीमा पैतलादेखी क्रमशः समाप्त हुदै जाने शरीरको तातोपना हो ।धनन्जय वायु मानिसको मृत्यृ भएको ३ घण्टासम्म शरीरमा रहनन्छ ।
आत्मा हरेक जिवमात्माको हृदयमा विद्यमान छ । आत्माको आकार कपालको रौ भन्दा सानो हुन्छ ।यो ज्यादै सुक्ष्म भएकाले यसलाई देख्न र मार्न सकिदैन ।आत्मा जिवमात्मालाई सजिव बनाउन यी ५ वायुहरु प्राण, उदान, समान, अपान र व्यानमा तैरिएर बसेको हुन्छ ।फोक्सोबाट अक्सिजन लिएर जाने रक्त कणहरुले आत्माबाट शक्ति सञ्चय गर्दछन ।आत्माबाट नै जिवमात्मालाई रक्तकर्ण प्राप्त हुन्छ ।आत्माको प्रकाशले भौतिक शरीर बचाई राखेको हुन्छ । आत्माको मर्दैन यो त पुरानो शरीरर त्याग गरेर नयाँ शरीरमा स्थानान्तरण हुन्छ । जुन काम परमात्माबाट मात्र हुन्छ ।
मानिसको सुक्ष्म शरीरमा ज्ञानेन्द्रिय (कान,छाला,आखाँ, जिव्रो र नाक) हरुमा कानले श्रवण शक्तिद्बारा सुनेर,छालाले स्पर्श शक्तिद्बारा छोएर,आँखाले हेरेर,जिव्रोले रसास्वापान शक्तिद्बारा चाखेर र नाकले घ्राणशक्तिद्बारा सुधेर कुनैपनि ज्ञान प्राप्त गर्दछ ।
ज्ञानेन्द्रियको छाप चित्त (चेतना) मा पर्छ ,त्यस चेतनामा परेको छाप बुद्बीमा परिणत हुन्छ ।त्यस बुद्बीले विचार शक्तिबाट जुन निर्णय गर्छ,त्यसलाई मनमा पठाउछ। मनले संकल्प गर्ने वा विकल्प खोज्ने शक्तिले आफ्नो शक्तिले ती कुरालाई अहङकार(इच्छा) मा पठाउछ ।अनि ति कुरा साकार भएमा चित्त(चेतनामा) आउछ ।
चेतना(चित्त) ले कार्यान्वयन गर्न कमेन्द्रियलाई सुम्पिदिन्छ ।कमेन्द्रिय (खुट्टा,हात,वाणी, लिङ्ग र गुदद्बार )हरुमा क्रियाशक्तिलाई खुट्टाले हिडने, हातले काम गर्ने,वाकशक्तिद्बारा वाणीले बोल्ने, प्रजनन शक्तिद्धारा लिइने सम्भोग गर्ने र उत्सर्ग शक्तिद्बारा मलद्बारले मल त्याग गर्ने कार्य सम्पादन गर्छ।
यसरी कमेन्द्रियलाई कार्यमा प्रेरित गराउने प्रेरक शक्ति अन्तकरण नै हो । अन्तकरणलाई पनि सजिव बनाएर कार्यमा संलग्न गराउने ५ प्राणवायुहरु हुन ।
हामीले ग्रहण गर्ने वायु प्राण र वाहिर छाडिने वायु अपान नाभी स्थानमा ठक्कर हुदाँ जुन तेज वा विद्युत उर्जा वा अग्नितत्व उत्पन्न हुन्छ ।त्यसलाई नै समान वायु भनिन्छ ।यो समान प्राण/ वायु नै कुण्डलिनी शक्ति हो । पाचनशक्ति जठराग्नी वा जिवनज्योती भनेको पनि यही हो ।
यो विद्युत उर्जा सूर्यको प्रकाश जस्तै जीवनको केन्द्र( नाभी ) बाट तापको रुपमा सर्वत्र फैलिन्छ। शरीरमा विद्यमान यो ताप उर्जालाई सामान्य (९८.६F) बनाईराख्न र शरिरको सम्पुर्ण भागमा पुन्याउने कार्य व्यान प्राणले ( उर्जाशक्ति ) ले गर्दछ ।यही उर्जाशक्ति भएका व्यान वायु कै आधारमा रक्तमा रहेको हेमोग्लोविन (HB) द्बारा यो कार्य सम्भव हुन्छ ।
ज्ञानेन्द्रियहरुले विषयगत कारणबाट शक्ति प्राप्त हुन्छ ।कानको कारण श्रवणशक्ति हो र श्रवणशक्तिको कारण शव्द हो ।छालाको कारण स्पर्शशक्ति हो । आँखाको कारण रुप हो जिव्रोको कारण रस हो र नाकको कारण गन्ध हो । यी तत्वहरु इन्द्रियका बिषयहरु हुन। समय (काल ) को कारण इच्छाशक्ति र इच्छाशक्तिको कारण काम हो । पञ्चमहाभुत (आकाश, वायु ,अग्नी ,जल र पृथ्वी) को कारण शरीर र शरीरको कारण कर्म हो । विषयको कारण माया र मायाको कारण अविद्या (भ्रम) हो ।
शव्दबाट आकाश र आकाशबाट कान र खुट्टा बन्यो शब्दको सुक्ष्म रुप आकाश हो ।
आकाशबाट स्पर्श र स्पर्श कै कारणबाट वायु छाला र हात बने स्पर्शको सुक्ष्म रुप वायु हो ।
वायुबाट रुप (विषय) र रुप कै कारणबाट अग्नि आँखा र वाणी बने।रुप अग्निको सुक्ष्म रुप हो ।
अग्निबाट रस र रस कै कारणबाट जल जिब्रो र लिङ्ग बने रस जलको सुक्ष्म रुप हो ।
जलबाट गन्ध र गन्धकै कारण कारणबाट पृथ्वी नाक र गुदध्दार बने गन्ध(विषय) पृथ्वीको सुक्ष्म रुप हो ।
एकको अभावमा अर्कोले कार्य सञ्चालन नै गर्न सक्तैन ।यी तथ्यबाट शब्द,स्पर्श,रुप,रस,गन्ध,काम,कर्म र अविद्या कारण शरीरका तत्वहरु हुन भन्ने कुरा स्पष्ट हुन्छ ।
स्थुल शरीर सुक्ष्म शरीरबाट र सुक्ष्म शरीर कारण शरीरबाट सञ्चालित हुन्छ । कारण शरीर विषय (शव्द, स्पर्श, रुप, रस र गन्ध) र भोग इच्छा ( काम इच्छा)_कर्म (संस्कार) र अविद्या (भम्र माया) बाट जवसम्म मुक्ति प्राप्त हुदैन । तव सम्म जिनमात्मा मुक्त हुदैन ।
स्वास्थ्य
- मानसिक स्वास्थ्य- मन योग , ध्यान र मन्त्र
- शारिरिक स्वास्थ्य-
- रोगका बारेमा जानकारी – आयुर्वेद र एलोपेथिस
- भगवान शरण भगवान नाम स्मरण – ब्रम्हा विष्णु र शिव भगवान
परिच्छेदः- १(एक)
- स्वास्थ्य
१.१ परिचय (Introduction)
शाब्दिक रूपमा, “स्वास्थ्य” भन्ने शब्द संस्कृतको “स्व” (आफू) + “स्थ” (रहेको) बाट बनेको हो, जसको अर्थ “आफ्नै अस्तित्वमा दृढ रूपमा स्थापित हुनु” हो।
यसको अर्थ शारीरिक, मानसिक, र सामाजिक रूपमा सन्तुलित र सक्षम अवस्था हो, जहाँ व्यक्ति कुनै रोग वा अशक्तता बिना स्वस्थ, सुखी, र ऊर्जावान महसुस गर्छ।स्वास्थ्यको परिभाषा विभिन्न विद्वान्हरूले फरक-फरक तरिकाले दिएका छन्। यहाँ केही प्रमुख परिभाषाहरू प्रस्तुत छन्:
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, स्वास्थ्य भन्नाले मानिसको समग्र कल्याण जनाउँछ, जहाँ शरीर, मन, र समाजको सन्तुलन रहनुपर्छ।
२. महात्मा गान्धी-“स्वास्थ्य नै वास्तविक सम्पत्ति हो, सुन र चाँदी होइन।”
३. हिप्पोक्रेटस ( विज्ञानका पिता)-“स्वास्थ्य भनेको शरीर, मन, र आत्माको सन्तुलित अवस्था हो।”
५. आयुर्वेद (चरक संहिता)“स्वास्थ्य भनेको सम्यक आहार, विचार, व्यवहार, र जीवनशैलीको संयोजन हो। जब शरीरको दोष (वात, पित्त, कफ) सन्तुलनमा हुन्छ, तब व्यक्ति स्वस्थ हुन्छ।”
यी परिभाषाहरूबाट स्वास्थ्य केवल रोगमुक्त हुनु मात्र नभई, शारीरिक,मानसिक, सामाजिक, र आध्यात्मिक रूपमा सन्तुलित जीवन जिउनु महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ।
स्वास्थ्यका प्रमुख प्रकारहरू:
- मानसिक स्वास्थ्य (Mental Health)
- भावनात्मक स्वास्थ्य (Emotional Health)
- सामाजिक स्वास्थ्य (Social Health)
४.शारीरिक स्वास्थ्य (Physical Health)
१.२ मानसिक स्वास्थ्य (Mental Health)
- सकारात्मक सोच, तनाव व्यवस्थापन, आत्म-विश्वास
- मानसिक शान्ति, खुसीको अनुभूति, दिमागको सन्तुलित अवस्था
- डिप्रेसन, चिन्ता, र मानसिक समस्याहरूको समाधान गर्ने उपायहरू
मन योग , ध्यान र मन्त्र
मन (Mind)
– मन भन्नाले मानिसको भावनात्मक र मानसिक अवस्थालाई जनाउछ ।यो सोच्ने, महसुस गर्ने, ईच्छा गर्ने र निर्णय लिने क्षमता भएको अचेतन वा चेतन तत्व हो ।चेतनामा जव यो काम गर्न वा नगर्ने सङ्कल्प (निर्णय) गर्छ त्यही मन हो ।मानिसको मस्तिष्कको कार्य रुपको रुपमा विचार उत्पत्ति हुन्छ, त्यही नै मन हो । हिन्दू दर्शनमा मनलाई “अन्तःकरण” को एक भाग मानिन्छ, जसमा मन (मन), बुद्धि (बौद्धिकता), चित्त (स्मृति) र अहंकार (स्व-चेतना) समावेश छन्। मन इन्द्रियहरूद्वारा प्राप्त जानकारीलाई प्रशोधन गर्ने माध्यम हो।
वेदहरूमा मनलाई ब्रह्मसँग जोडिएको चेतनाको रूप मानिन्छ। मनको शुद्धता र नियन्त्रणद्वारा आत्मज्ञान प्राप्त गर्न सकिन्छ भन्ने शिक्षाहरू वेदहरूमा पाइन्छन्। मनलाई इन्द्रियहरूद्वारा विचलित हुन नदिई ध्यानमार्फत स्थिर राख्नुपर्ने उल्लेख गरिएको छ।
श्रीमद् भागवत महापुराण
श्रीमद् भागवतमा मनलाई भगवानप्रति समर्पित गर्नाले मोक्ष प्राप्त हुने उल्लेख गरिएको छ। मनको नियन्त्रणद्वारा भक्ति मार्गमा अग्रसर भई आत्म-साक्षात्कार सम्भव हुन्छ भन्ने शिक्षाहरू यस ग्रन्थमा पाइन्छन्।१.हिन्दू धर्ममा “मन” को अवधारणा गहिरो, जटिल र अत्यन्तै रोचक छ। वेद र उपनिषद्हरूमा मनलाई केवल सोच्ने शक्ति मात्र नभई, आत्मा (Ātman) सँग सम्बन्धित चेतनाको एक महत्त्वपूर्ण अङ्गको रूपमा वर्णन गरिएको छ। यो कुनै एकल तत्व होइन, बरु विभिन्न मानसिक कार्यहरू सञ्चालन गर्ने पाँच प्रमुख अङ्गहरूको समष्टि हो।
हिन्दू धर्ममा मनका पाँच प्रमुख अङ्गहरू:
१.मनस् (Manas):
- यो हाम्रो इन्द्रियहरूको संयोजक हो।
- बाह्य संसारबाट प्राप्त हुने दृश्य, ध्वनि, गन्ध, स्वाद, स्पर्श आदि इन्द्रियजन्य सूचनाहरूलाई सङ्कलन गरेर मनन गर्छ।
- उदाहरण: आँखा देख्छ, तर देखेको कुरा बुझ्ने काम मनस्ले गर्छ।
- बुद्धि (Buddhi):
- यो विवेकशील निर्णयकर्ता हो।
- मनस्ले सङ्कलन गरेका सूचनाहरूको विश्लेषण गरेर सही-गलत, उचित-अनुचितको निर्णय लिन्छ।
- उदाहरण: कुनै कार्य गर्नु उपयुक्त छ कि छैन भन्ने निर्णय बुद्धिले गर्छ।
- अहंकार (Ahamkāra):
- यो स्व-चेतना वा “म” भन्ने भावना हो।
- आफूलाई शरीर, मन, बुद्धि आदि सँग सम्बन्धित गराउने तत्व यही हो।
- उदाहरण: “म यो छु”, “म त्यो छु” भन्ने भावना अहंकारबाट उत्पन्न हुन्छ।
- चित्त (Citta):
- यो स्मृति र संस्कारहरूको भण्डार हो।
- विगतका अनुभव, भावना, इच्छा आदि चित्तमा सङ्ग्रहित रहन्छन्।
- उदाहरण: बाल्यकालका सम्झनाहरू चित्तमा सुरक्षित रहन्छन्।
- आत्मा (Ātman):
- यो शुद्ध चेतना वा परम वास्तविकता हो।
- आत्मा स्थायी, शाश्वत र परिवर्तनरहित हुन्छ, जसले सम्पूर्ण मानसिक क्रियाकलापहरूको साक्षी रहन्छ।
- उदाहरण: आत्मा सूर्यजस्तै हो, जसको प्रकाशमा मन, बुद्धि, अहंकार, चित्त आदि कार्य गर्छन्।
२.बौद्ध धर्ममा मन
बौद्ध धर्ममा मनलाई चेतनाको मूल स्रोत मानिन्छ। मनको शुद्धता र नियन्त्रणले दुःखको अन्त्य गर्न सकिन्छ भन्ने विश्वास छ। यस धर्ममा “चित्त” (मन) लाई यस्तो चेतनशील प्रक्रिया मानिन्छ, जुन हरेक क्षण परिवर्तनशील हुन्छ। यो कुनै स्थायी वस्तु होइन, बरु निरन्तर बहने अनुभवहरूको श्रृंखला हो। मनले नै संसारलाई अनुभव गर्छ, तर त्यो अनुभव सधैं परिवर्तनशील र अस्थायी हुन्छ।
मनका चार प्रमुख पक्षहरू-बौद्ध शिक्षामा, मनलाई चार प्रमुख पक्षहरूमा विभाजन गरिएको छ, जसले हाम्रो अनुभव र प्रतिक्रियालाई निर्देशित गर्छन्:
- विज्ञान (Consciousness): इन्द्रियहरूद्वारा प्राप्त हुने जानकारीको चेतना।
- सञ्ज्ञा (Perception): प्राप्त जानकारीको पहिचान र वर्गीकरण।
- वेदना (Sensation): सुखद, दुःखद, वा तटस्थ अनुभूति।
- संस्कार (Mental Formations): इच्छा, भावना, र पूर्वाग्रहहरू।
यी सबै पक्षहरू मिलेर हाम्रो अनुभव बनाउँछन्, तर ती सबै अस्थायी र परिवर्तनशील छन्।
३.क्रिश्चियन धर्ममा “मन”
केवल सोच्ने शक्ति मात्र होइन, आत्मा र शरीरसँग गहिरो सम्बन्ध भएको चेतनाको अङ्गको रूपमा लिइन्छ। बाइबलमा मनलाई हाम्रो सोच, भावना, इच्छा, र नैतिक निर्णयहरूको केन्द्र मानिन्छ। बाइबलमा “मन” (Mind), “आत्मा” (Soul), र “हृदय” (Heart) शब्दहरू प्रायः एकअर्कासँग अन्तरसम्बन्धित रूपमा प्रयोग गरिन्छन्।
- मन (Mind): सोच्ने, विश्लेषण गर्ने, र निर्णय लिने स्थान।
- हृदय (Heart): भावना, इच्छा, र विश्वासको केन्द्र।
- आत्मा (Soul): व्यक्तिको सम्पूर्ण आन्तरिक अस्तित्व, जसमा मन र हृदय दुवै समावेश छन्।
यी तीनै अङ्गहरू मिलेर व्यक्तिको पूर्णता बनाउँछन्, र तिनीहरूको समन्वयले नै आध्यात्मिक जीवनको गहिराइ बढाउँछ।
४.इस्लाम धर्ममा “मन“
मनलाई केवल सोच्ने शक्ति मात्र नभई, आत्मा, हृदय, र इच्छाहरूको केन्द्रको रूपमा लिइन्छ। इस्लाममा मनको शुद्धता र सन्तुलनलाई अत्यधिक महत्त्व दिइन्छ, जसले व्यक्तिको आध्यात्मिक उन्नति र अल्लाहसँगको सम्बन्धलाई प्रभावित गर्छ।इस्लाममा मनलाई “नफ्स” भनिन्छ, जसले आत्मा, इच्छा र भावना समेट्छ। मनलाई शुद्ध राख्न प्रार्थना, ध्यान र ईश्वरप्रति समर्पण आवश्यक मानिन्छ। ईश्वरप्रति पूर्ण समर्पणले आन्तरिक शान्ति प्राप्त हुन्छ भन्ने विश्वास छ।
- विज्ञानमा “मन” (Mind)
विज्ञानमा मनलाई केवल सोच्ने शक्ति मात्र नभई, एक जटिल प्रणालीको रूपमा लिइन्छ, जसले अनुभूति, स्मृति, निर्णय, भावना, र चेतनासँग सम्बन्धित मानसिक प्रक्रियाहरूलाई समेट्छ। यो अवधारणाले मनोविज्ञान, स्नायु विज्ञान, दर्शन, र संज्ञानात्मक विज्ञान जस्ता विभिन्न क्षेत्रहरूमा अध्ययन गरिन्छ।
(क)मनोविज्ञानमा मन-मनोविज्ञानमा मनलाई अनुभूति, भावना, विचार, र व्यवहारसँग सम्बन्धित मानसिक प्रक्रियाहरूको अध्ययन गरिन्छ। संज्ञानात्मक मनोविज्ञानले विशेष गरी सोच, स्मृति, ध्यान, र समस्या समाधान जस्ता प्रक्रियाहरूमा ध्यान केन्द्रित गर्छ।
(ख) स्नायु विज्ञानमा मन-स्नायु विज्ञानले मनलाई मस्तिष्कको कार्यप्रणालीसँग सम्बन्धित रूपमा अध्ययन गर्छ। मस्तिष्कका विभिन्न भागहरू, जस्तै प्रीफ्रन्टल कोर्टेक्स, हिप्पोक्याम्पस, र एमिग्डाला, विचार, स्मृति, र भावना जस्ता मानसिक प्रक्रियाहरूमा संलग्न छन्।
(ग) दर्शनमा मन-दर्शनमा मन र शरीरबीचको सम्बन्ध, चेतनाको प्रकृति, र आत्मचेतनाको प्रश्नहरूमा चर्चा गरिन्छ। डेसकार्ट्सको द्वैतवाद, भौतिकवाद, र कार्यात्मकता जस्ता सिद्धान्तहरूले मनको व्याख्या गर्ने प्रयास गर्छन्।
(घ)संज्ञानात्मक विज्ञानमा मन-संज्ञानात्मक विज्ञानमा मनलाई जानकारी प्रशोधन गर्ने प्रणालीको रूपमा लिइन्छ। यो क्षेत्रले मनको प्रक्रियाहरूलाई बुझ्न मनोविज्ञान, स्नायु विज्ञान, कम्प्युटर विज्ञान, दर्शन, भाषाविज्ञान, र कृत्रिम बुद्धिमत्ता जस्ता विभिन्न क्षेत्रहरूबाट ज्ञान लिन्छ।
६.सिग्मन्ड फ्रायडका अनुसार मन (mind) – एक जटिल संरचना मानेका थिए, जसले हाम्रो व्यवहार, भावना, र निर्णयहरूमा गहिरो प्रभाव पार्छ। उनले मनलाई तीन मुख्य तहहरूमा विभाजन गरेका छन्:
(क) चेतन मन/जाग्रत अवस्था (Conscious Mind)-यो हाम्रो जागरूकता स्तर हो, जहाँ हामी हालको सोच, भावना, र अनुभवहरूलाई अनुभव गर्छौं।विचार र विवेकसँग क्रियाशिल रहेको अवस्था नै चेतन अवस्था हो ।
(ख) अवचेतन मन/सुषुप्ति अवस्था (subconscious Mind)-यो तहमा त्यस्ता विचार र सम्झनाहरू हुन्छन् जुन अहिले हाम्रो चेतनामा छैनन्, तर आवश्यक पर्दा सजिलैसँग चेतनामा ल्याउन सकिन्छ।गाढा निन्द्रामा देखिने सपनाहरु, आदत ,सम्झना र भावनात्मक प्रतिक्रियाहरु नियन्त्रण गर्छ ।
(ग) अचेतन मन/ स्वप्न अवस्था (Unconscious Mind)-यो मनको सबैभन्दा ठूलो र गहिरो तह हो, जहाँ दबिएका इच्छा, डर, र अनुभवहरू संग्रहित हुन्छन्। यी तत्वहरू हाम्रो चेतनामा प्रत्यक्ष रूपमा नआए पनि, तिनीहरूले हाम्रो व्यवहार र निर्णयहरूमा ठूलो प्रभाव पार्छन्।
फ्रायडले मनलाई तीन भागमा विभाजन गरेका छन्:
- Id: यो हाम्रो मूलभूत इच्छा र प्रवृत्तिहरूको स्रोत हो, जुन आनन्द प्राप्ति र तात्कालिक सन्तुष्टिमा केन्द्रित हुन्छ।
- Ego: यो चेतन मन हो, जुन Id र Superego बीच सन्तुलन कायम राख्छ र वास्तविकता अनुसार निर्णय लिन्छ।
- Superego: यो हाम्रो नैतिकता र आदर्शहरूको प्रतिनिधित्व गर्छ, जुन समाजका नियमहरू र मूल्यहरूमा आधारित हुन्छ।
मनलाई विभिन्न धर्महरूमा “मन” को अवधारणा गहिरो, विविध र सांस्कृतिक रूपमा समृद्ध छ। प्रत्येक परम्पराले मनलाई आत्मा, चेतना, भावना र आध्यात्मिक उन्नतिको माध्यमका रूपमा हेर्छ। यहाँ प्रमुख धर्महरूमा मनको सारांश प्रस्तुत गरिएको छ:
हिन्दू दर्शनमा मनलाई “अन्तःकरण” को एक भाग मानिन्छ, जसमा मन (मन), बुद्धि (बौद्धिकता), चित्त (स्मृति) र अहंकार (स्व-चेतना) समावेश छन्। मन इन्द्रियहरूद्वारा प्राप्त जानकारीलाई प्रशोधन गर्ने माध्यम हो।
मानिसको सुक्ष्म शरीरमा ज्ञानेन्द्रिय (कान,छाला,आखाँ, जिव्रो र नाक) हरुमा कानले श्रवण शक्तिद्बारा सुनेर,छालाले स्पर्श शक्तिद्बारा छोएर,आँखाले हेरेर,जिव्रोले रसास्वापान शक्तिद्बारा चाखेर र नाकले घ्राणशक्तिद्बारा सुधेर कुनैपनि ज्ञान प्राप्त गर्दछ ।
ज्ञानेन्द्रियको छाप चित्त (चेतना) मा पर्छ ,त्यस चेतनामा परेको छाप बुद्बीमा परिणत हुन्छ ।त्यस बुद्बीले विचार शक्तिबाट जुन निर्णय गर्छ,त्यसलाई मनमा पठाउछ। मनले संकल्प गर्ने वा विकल्प खोज्ने शक्तिले आफ्नो शक्तिले ती कुरालाई अहङकार(इच्छा) मा पठाउछ ।अनि ति कुरा साकार भएमा चित्त(चेतनामा) आउछ ।
चेतना(चित्त) ले कार्यान्वयन गर्न कमेन्द्रियलाई सुम्पिदिन्छ ।कमेन्द्रिय (खुट्टा,हात,वाणी, लिङ्ग र गुदद्बार )हरुमा क्रियाशक्तिलाई खुट्टाले हिडने, हातले काम गर्ने,वाकशक्तिद्बारा वाणीले बोल्ने, प्रजनन शक्तिद्धारा लिइने सम्भोग गर्ने र उत्सर्ग शक्तिद्बारा मलद्बारले मल त्याग गर्ने कार्य सम्पादन गर्छ।यसरी कमेन्द्रियलाई कार्यमा प्रेरित गराउने प्रेरक शक्ति अन्तकरण नै हो । हिन्दू दर्शनमा मनलाई “अन्तःकरण” को एक भाग मानिन्छ, जसमा मन (मन), बुद्धि (बौद्धिकता), चित्त (स्मृति) र अहंकार (स्व-चेतना) समावेश छन्। मन इन्द्रियहरूद्वारा प्राप्त जानकारीलाई प्रशोधन गर्ने माध्यम हो। सामान्यतया मानिसको मनमा स्वचालित ढङ्गले सकारात्मक र नकारात्मक विचार, ज्ञानको उत्पत्ति हुन्छ। मनले धेरै सोच्ने वा धेरै चिन्ता लिइ आफ्नो दैनिक कार्यमा बाधा-अवरोध पुऱ्याउँछ, जसलाई नै मनोरोग भनिन्छ।
बिचार विज्ञान
विचार भन्नाले मनमा उत्पन्न हुने सोच, भावना, वा धारणा जनाउँछ, जुन कुनै विषय, समस्या, वा परिस्थिति बारे गहिरो चिन्तन वा मननको परिणाम हो। यसले व्यक्तिको निर्णय, व्यवहार, र दृष्टिकोणमा प्रभाव पार्छ।
विचारको परिभाषा:
- चिन्तन प्रक्रिया: कुनै विषय वा समस्याबारे गहिरो सोच-विचार गर्नु।
- मनको धारणा: मनमा उत्पन्न हुने भावना वा सोच, जसले निर्णयमा मार्गदर्शन गर्छ।
- सङ्कल्प वा ठहर: सोचेर टुङ्गो लगाइएको निर्णय वा योजना।
विचारका प्रकार:
- सकारात्मक विचार: उत्साह, आशा, र आत्मविश्वास उत्पन्न गर्ने सोच।
- नकारात्मक विचार: निराशा, डर, वा असन्तुष्टि जनाउने सोच।
- तर्कात्मक विचार: तथ्य र प्रमाणमा आधारित सोच, जसले निर्णयमा स्पष्टता ल्याउँछ।
- सृजनात्मक विचार: नयाँ र नविन विचारहरू, जसले नवप्रवर्तनमा सहयोग पुर्याउँछ।
मानिसहरुको विचारको उत्पत्ति मणिपुर चक्र हो ।जहाँबाट प्राण वाणी उत्पत्ति भएर सुक्ष्म नाडीबाट मस्तिकमा पुग्छ । तव त्यसको स्पष्ट ज्ञान उत्पन्न हुन्छ ।यस्तो इच्छाशक्ति ज्ञानशक्ति क्रियाशक्ति केन्द्र नै मणिपुर चक्र हो ।
खप्तड बाबाको विचार विज्ञान पुस्तकले विचारको शक्ति र प्रभावलाई गहिरो रूपमा विश्लेषण गरेको छ। विचारको सूक्ष्मतम् शक्ति र चेतनाको मूल स्रोतका रूपमा विचारहरू अदृश्य तर अत्यन्त शक्तिशाली हुन्छन्, जसको प्रभाव हाम्रो जीवन, स्वास्थ्य, र वातावरणमा गहिरो रूपमा पर्छ। विचारहरू परमाणुस्तरमा उत्पन्न हुने सूक्ष्म तरङ्गहरू हुन्, जसले हाम्रो चेतना र कार्यहरूमा प्रभाव पार्छन्। सकारात्मक विचारहरूले स्वास्थ्य, मानसिक शान्ति, र आत्मिक उन्नति ल्याउँछ, जबकि नकारात्मक विचारहरूले रोग, अशान्ति, र पतन निम्त्याउँछ।
विचार के हो ?
१.स्वास्थ्यः-
१.उच्च रक्तचाप (Hypertension/High Blood Pressure)
रक्तचाप भन्नाले तपाईंको हृदयले पम्प गरेको रगतले रक्तनलीहरूमा पार्ने चाप (pressure) लाई जनाउँछ।रक्तचापलाई दुई भागमा लेखिन्छ, जस्तैः 120/80 mmHg
- 120 (Systolic): जब फोक्सोबाट रगत शरिरतिर जाँदा तपाईंको हृदय संकुचन (pump) गर्छ
- 80 (Diastolic): जब तपाईंको हृदय विश्राम (rest) गर्छ
उच्च रक्तचाप कहिले मानिन्छ?
| सामान्य (Normal) | 120 भन्दा कम | 80 भन्दा कम |
| Pre-Hypertension | 120–139 | 80–89 |
| उच्च रक्तचाप Stage 1 | 140–159 | 90–99 |
| उच्च रक्तचाप Stage 2 | 160 वा बढी | 100 वा बढी |
मुख्य कारणहरू:
- मोटोपन (१०% तौल घटाउने/ प्रत्येक महिना १kg ), तनाव, शारीरिक श्रम नगर्नु ।
- नुन धेरै खानु । दालमोठ आलु तारेको/ आलु चिप्स अचार सुप
- रिस,तनाव, चिन्ता, आवेग, निद्रा नलाग्ने, मन आत्तिदा र डराउदाँ ।
- अत्याधिक ब्यक्त / धपेडी गर्दा रक्तचाप बढछ ।
- धेरै सोडियमयुक्त र चिनियुक्त खाना खाँदा ।
- खानामा पोटासियमको कमी ।
- मदिरा / चुरोट सेवन ।
- अनुवांशिक/ बंशाणुगत कारण।
- के-के हुन्छ उच्च रक्तचाप हुँदा
- टाउको पछाडि भाग दुख्ने
- चक्कर लाग्ने
- धड्कन बढ्ने
- नाकबाट रगत आउनु (गम्भीर अवस्थामा)
- दीर्घकालीन असर: मुटुको रोग, मिर्गौलाको समस्या, स्ट्रोक, आँखाको क्षति ।
- खुट्टा सुनिनु ।
B.P. नाप्दा ध्यान दिनुपर्ने दिनुपर्ने कुरा
१.बोल्न नहुने (१० अंक बढछ ) ।
२.पिसाव नलागेको बेला हुनुपर्ने ।
३. B.P नाप्ने यन्त्रको फिता मुटुको उचाईमा राखेर हात टेवुलमा राख्ने ।
४. पहिलो पटक दुवै हातमा र त्यसपछि B.P.बढी भएको हातमा नाप्ने ।
५.चिया/ कफि खाएको ३० मिनेट पछी नाप्नुपर्ने ।
६.लुगाको माथी सारेर/ बाहुला माथी सारेर / खुट्टा एकअर्को माथी राखेर / एक्सरसाइज गरिरहेको बेला B.P.नाप्न नहुने ।
७. ५/५ मिनेटको फरकमा ३ पटक नापेर औसत रेकर्ड गर्नुपर्ने ।
B.p.को जाँच
उच्च रक्तचापका लागि आवश्यक Lab Tests: मुटु ,मृगौला ,आँखा र मस्तिष्क जाँच ।
जनेरल फिजिसियन /मुटुरोग विशेषज्ञबाट मुटु जाच गराउनुपर्ने ।
| टेस्टको नाम | के जाँच्छ? | किन महत्वपूर्ण? |
| CBC (Complete Blood Count) | रगतको अवस्था (HB, WBC, Platelet) | एनिमिया, इन्फेक्सन, कमजोरीको कारण |
| Lipid Profile | कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स | मुटुको रोगको जोखिम पत्ता लगाउँछ |
| Fasting Blood Sugar (FBS) | खाली पेटको चिनी | मधुमेह (Diabetes) को जाँच |
| HbA1c | 3 महिनाको चिनीको औसत | दीर्घकालीन मधुमेह नियन्त्रित छ कि छैन |
| Serum Creatinine | मिर्गौलाको कार्य | उच्च BP ले किड्नी बिगार्छ कि हेर्न |
| Blood Urea | किड्नी स्वास्थ्य | Creatinine सँग मिलाएर मूल्यांकन |
| Electrolytes (Na+, K+) | सोडियम, पोटासियम | BP र मुटुमा असर पार्ने तत्व |
| Urine Routine Test | Protein, Sugar, RBC आदि | किड्नीबाट हुने क्षति ट्र्याक गर्न |
| Thyroid Profile (T3, T4, TSH) | थाइराइड कार्य | हाइपो/हाइपरथाइराइडले BP बढाउन सक्छ |
| ECG (Electrocardiogram) | मुटुको धड्कन, लय | उच्च BP ले मुटुमा असर गर्यो कि छैन हेर्न |
| इकोकार्डियोग्राफी” ECHO (Echocardiography | मुटुको अल्ट्रासाउन्ड | मुटुको आकार, गति, पम्प गर्ने शक्ति, र भित्रका भल्वहरू (valves |
| ABP– Ambulatory Blood Pressure Monitoring जाँच | २४ घण्टे ब्लड प्रेसर निगरानी | White Coat Hypertension/ Masked Hypertension( क्लिनिकमा BP ठीक, तर घरमा बढ्ने) राति BP बढ्ने/घट्ने |
इकोका प्रकारहरू:
| प्रकार | विवरण |
| Transthoracic Echo (TTE) | सामान्य छातीबाट गरिने सबैभन्दा प्रचलित |
| Transesophageal Echo (TEE) | घाँटीबाट पाइप हालेर विशेष अवस्थाको लागि |
| Stress Echo | ट्रेडमिल चलाउँदै वा औषधि दिएर – मुटुमा बोझ परेपछि कस्तो प्रतिक्रिया दिन्छ |
| Doppler Echo | रगतको गति, direction र pressure मापन गर्न |
कस्ता रोगी BP कति हुन आवश्यक
१.बालबालिका- उमेर अनुसार
२.गर्भवती महिला- १४०/९० mmHg
३. मृगौला रोगी- १३०/८० mmHg
४. मघुमेह रोगी- १३०/८० mmHg
५. हृदयघात रोगी- १२०/८० mmHg
६. हार्ट फेल्योर रोगी- १२०/८० mmHg
नुन र BP सम्वन्ध
सोडियम क्लोराई खनिज तत्व १३५-१४५ m-
दिनहु- १ चिया चम्चा बढी नुन नखाने- ५ gram खाने ,नुनले मसल , मस्तिक चलाउने काम गर्छ ।
नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका हो ।सवै BP बिरामीहरुले नुन कम खाँदा सोडियम कम भएमा बेहोस भएर कोमाको स्थितमा जान सक्ने स्थित आउन सक्ने
हुन्छ ।
नुनको सट्टा मसला र कागती प्रयोग गरेर खाना खाने ,सलाद फलफुलमा नुन राखेर नखाने ।मसलेदार खाना नखाने । विरे नुन सलादमा खान सकिने ।
उच्च रक्तचाप नियन्त्रण गर्न
१. अमिलो गुण भएका सलाद/ फलफुल नखाने ।
२.मनको अस्वास्थ्यताबाट मुक्त हुनुपर्छ ।शरीर,मन र पेट यी ३ चिज मिलाउदा रक्तचाप कम हुन्छ ।
- मनलाई आराम दिनु भनेको— विचारमा शान्त रहने /नरिसाउने ।
- शरीरलाई आराम दिनु भनेको— धपेडी नगर्ने ।
- पेटलाई आराम दिनु भनेको— उपवास / फलाहार मात्र खाने ।
३.प्रत्यक दिन ८ घन्टा निन्द्रा मस्त निदाउन आवश्यक पर्छ ।
४.जनावर र फ्याक्टीहरुबाट निस्कने सवै प्रकारका खानेकुराहरु छोडनुपर्ने ।
५. शरीरको मोटोपना ५% घटाउनुपर्ने ।
६.🌿 प्राकृतिक उपायहरू (Lifestyle सुधार) – 🏃♂️ शरीर चलाइराख, हप्तामा पाच दिन, ३०–४५ मिनेटको दौड, हिँडाइ, साइकल, वा नाच! तिमी गित गाउन अभ्यास गर ७.चिनी पनि शत्रु हो-बढी चिनीले मोटोपन, मधुमेह अनि BP बढाउँछ।
८धुम्रपान र मदिरा –मदिराले पनि शिर तताउँछ, बीपीसँगै रिसपनि बढाउँछ।
९.तनाव नियन्त्रण: दिमाग शान्त भए शरीर पनि हुन्छ। ध्यान, श्वास-प्रश्वास अभ्यास (जस्तै अनुलोम–विलोम), संगीत सुन्ने र गाउने ।
१०.🍎 खानेकुरा (Diet) फलफूल बिहान वा दिनको ११–५ बजे सम्म खाने ।फलफूल काँचो र सिजन अनुसारको खाने ।फलफूलहरु: केरा, स्याउ, अम्बा, किवी (Kiwi) (पोटासियम र फाइबरको खानी) अनार, सुन्तला, मौसम ब्लुबेरी/बेरीहरू (Blueberry, Strawberry) मेवा (Papaya) . नाशपाती (Pear) ।
पानी धेरै पिउनु: शरीरमा नुन निकासीलाई सहयोग गर्छ।
- सब्जी: गाजर, टमाटर, ब्रोकली, पालुङ्गो – BP को अन्तिम हतियार।
- Whole Grains: जौ, ओट्स, फर्सीको बीउ ।
११.भिजेको बदाम र किशमिश बनाउँछ शरिर हलुका ।”ओखर त मुटुको गार्ड हो, बदाम शरीरको गिअर हो, र किशमिश त मीठो सिपाही हो।“
२.हदृयघात (Heart Attack)
मुटु रक्तनली (कोरोनरी आर्टरी ) ले निरन्तर रक्तसञ्चार गराई राख्ने हुन्छ। कोरोनरी आर्टस दाँया र बाँया गरी २ वटा हुन्छ ।यिनै रक्तप्रवाहमा अचानक वाधा हुन गएमा मुटुका मांसपेशीहरु मर्न थाल्दछन ।
हदृयघातका लक्षणहरु
अचानक छात्तीमा विच भाग दुख्नु ।असजिलो हुनु वाँयातिर दुख्नु वा मन्द मन्द दुखी रहनु ,पसिना आउनु ,वाकवाकी लाग्नु , डर लाग्नु ,छटपटी हुनु ,मुटु ढुकढुक हुनु ।
हदृयघातका कारणहरु (Risk Factor)
चुरोट सेवन,उच्च रक्तचाप,उच्च कोलस्टोल,मघुमेह,मानसिक तनाव (डिप्रेसन), मोटोपन वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघात हुन सक्ने ।
हदृयघातको उपचार प्रक्रिया
इ.सि.जि.,इकोकाडियोग्राफी र पोटासियम जाँच
अस्पतालमा गएर ECG गर्ने (१० मिनेट भित्र ) ।
एस्प्रिन(Aspirin) -औषधी ३००मि.ग्रा. घरमा दिन मिल्छ ।
बिरामीलाई छात्ती दुखेको १२ घन्टा भित्र अस्पताल पुन्याउनुपर्ने ।
एन्जिओप्लास्टी गर्नुपर्ने(विना अप्रेसन तार छिराएर- रु. १लाख ३हजार )(औषधी- रु.३ हजार/)
मस्तिकघात /ब्रेन हेमोरेज (Brain Attack/Storke)
मस्तिकमा रक्त सञ्चार कैरोटिड अटौरी २ वटा,मर्टिव्रल आर्टरी निस्केर मस्तिकमा रक्तसञ्चार गर्छ ।पक्षघात (paralysis) वाँया भाग हुन सक्ने ।
मस्तिकघातका लक्षणहरु
टाउको दुख्ने,रिगंटा लाग्ने, बेसुरको कुरा गर्नु ,बेहोस हुने, आँखा देख्न समस्या एउटा बस्तु २ वटा देख्नु, आँखाको चालमा समस्या, आँखाको परेला तल झर्नु , बोल्न नसक्नु,खानेकुरा सर्किनु (Aspirations),बाडुली आउनु (Hiccough),दिशा पिसाव खुस्कनु ,छोएको थाहाँ नपाउनु ।
-३ घन्टा भित्र अस्पताल लैजानुपर्ने ।
मस्तिकघात भएमा कुन डाक्टर देखाउने
न्युरोलोजिष्ट, न्यरो सर्जरी,एनेस्थेसिया, मुटुरोग विशेषज्ञ ,न्यरो सर्जन
मस्तिकघातका कारणहरु
–प्रमुख कारण नै उच्च रक्तचाप हो ।
-मुटुको भल्भ समस्या, मदिरा सेवन, मघुमेह, उच्च कोलस्टोल,धुम्रपानका कारण।
मस्तिकघातका प्रकार
१.इस्केमिक स्ट्रोक- मस्तिकमा रगत जमेर हुने मस्तिकघात ।
२. हेमोरेजिक स्ट्रोक- मस्तिकमा रक्तनली फुटेर हुने मस्तिकघात।
मस्तिकघातमा प्रमुख जाँचहरु
१.सि.टी स्यान-रोग नदेखिन सक्ने ।
२.एम. आर. आइ.(M.R.I.)- रोगको पहिचान सजिलोसगँ हुन सक्ने ।
३.मघुमेह, उच्च कोलस्टोल जाँच
४.इ.सि.जि.,इको,छात्तीको एक्सरे कैरोटिक डाप्लर अल्टासाउड ।
हदृयघात बच्ने उपायहरु
-उच्च रक्तचाप,उच्च कोलस्टोल,मघुमेह नियन्त्रण गर्ने ।
– खानामा नुन,चिनी, चिल्लोको सेवन सकेसम्म कम गर्ने ।
– डिप्रेसन, मानसिक तनावबाट मुक्त हुने , मोटोपन भएमा तौल घटाउने ।
-नियमित ताजा फलफुल, प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्ने ।
– मदिरा सेवान नगर्ने ।
हार्ट फेल्योर (Heart Failure)
हार्ट फेल्योर भन्नाले मुटुको रगत जम्मा गर्ने वा फाल्ने (pumping) प्रकृयामा समस्या हुनु हो । मुटुमा खुम्चिने र विश्राम गर्ने समस्या ।
मुटुमा खुम्चिने काममा समस्या आउदा हार्ट फेल्योर हुन्छ ।
हार्ट फल्योरका लक्षणहरु
जुनसुकै मुटुका रोगहरु
अनुहार सुनिनु ,आँखा वरिपरि सुनिनु,रिगटा लाग्नु , मुटु ढुकढुक हुनु स्वाँ स्वा हुनु , खोकी लागिरहनु ,पेट फुल्नु , पिसाव कम हुनु , उत्तानो सुत्न गान्हो हुनु र खुट्टा सुनिनु ।
हार्ट फल्योरका जाँचहरु
छात्तीको एक्सरे , मृगौलाको जाँच ,इ.सि.जी. जाँच, कलेजोको जाँच, इको कार्डियोग्राफी ,रगतको जाँच एन्टिओग्राफी जाँच
हार्ट फल्योरका उपचार
मुटुमा ब्याष्ट्री राखेर मुटु नचलेको अवस्थामा pumbing गर्नेलाई पेसमेकर मेशिन राखिन्छ।
मस्तिकमा रगतको नजाने अवस्थामा पेसमेकर मेसिन राखिने- मुटु ६० पटक धकडन नभएमा यो मेसिनले सहि रुपमा घडकन शुरु गर्छ ।
मुटुको समस्या (Heart problem)
-छात्ती दुख्नु (chest pain)
छात्तीमा मुटु र फोक्सो २ प्रमुख अंग हुन्छ ।देव्रेतिर वा विच भागमा हिडदा छात्ती दुख्नु बढने , थिचे जस्तो,गरुङ्गो हुने पोलेको अनुभव हुन्छ ।पसिना आउने , वान्ता हुनु, रिगंटा लाग्नु ,छात्तीमा असजिलो भइरहनु , बैचनी हुनु। बिरामीमा मघुमेह,उच्च रक्तचाप, ध्रुमपान,उच्च कोलस्टोल जस्ता Risk factors पनि हुनु ।
मघुमेह (Diabetes)
सुगर जाँच भन्नाले शरीरको रगतमा रहेको ग्लुकोजको मात्रा कति छ भन्ने जाँच हो। यो जाँच विशेष गरी मधुमेह (diabetes) पहिचान गर्न र नियन्त्रणमा राख्न गरिन्छ।प्याक्रियाज ( इसुलिन ) भन्ने हार्मोनको उत्पादन वा काममा कमी हुनु नै मघुमेह हो ।
मघुमेहका प्रमुख कारणहरु
१.मोटोपना (पेट वरिपरि बोसो जम्नु ),
२. तनाव ( लामो समय unmanaged stress)
३. शारीरिक गतिविधिमा कमी
४. अस्वस्थ्य आहार ( धेरै चिल्लो, चिनी, प्रोसेस्ड फूड )
५. अध्याधिक भोजन
६. बंशानुगत कारण (परिवारमा मधुमेह भएको भए जोखिम )
७. प्याक्रियाज ग्रन्थीको रोग .
मघुमेहका लक्षणहरु
धैरे पिसाव लाग्नु , तिर्खा लाग्नु ,भोक लाग्नु , तौल घटने , थकाई लाग्नु ।खाली पेटमा सुगर (suger) जाच्नु पर्छ ।
महुमेह (suger) भएमा कुन डाक्टर देखाउने
जेरेरल फिजिसियन(M.D.), इण्डोक्रोइनोलोजिष्ट, मुटुरोग विषेषज्ञ सगँ जाँच गर्ने
मघुमेह असरहरु – मस्तिकघात, आँखा, हृदयघात ,मृगौला ,रक्तनली ठुलो र सानो ,रक्तनली रोग, कोलस्ट्रोल ,रक्तचाप, हार्ट फेल्योर, हात खुट्टामा नसा सम्वन्धी समस्या र खुट्टामा घाँउ । सुगर (Blood Sugar) का जाँचहरू
| जाँचको नाम | कहिले गरिन्छ? | सामान्य मान (Normal Range) | के थाहा हुन्छ? |
| Fasting Blood Sugar (FBS) ( सुगरर जाँच सर्वोत्तम उपाय) | बिहान खाली पेट (८–१२ घण्टा उपवास) | 70 – 99 mg/dL (Pre-diabetes 100 – 125 mg/dL) | उपवासपछि शरीरमा कति ग्लुकोज छ भन्ने थाहा हुन्छ |
| Postprandial Blood Sugar (PPBS) | खाना खाएपछि २ घण्टापछि | < 140 mg/dL(Pre-diabetes 140 – 199 mg/dL | खानापछि सुगर कति बढ्छ भन्ने थाहा हुन्छ |
| Random Blood Sugar (RBS) | जुनसुकै समयमा | < 200 mg/dL | कुनै पनि समयमा सुगर कति छ भन्ने बुझिन्छ |
| HbA1c (ग्लाइकोसिलेटेड हेमोग्लोबिन) | कुनै पनि समयमा (लाभमा गरिन्छ) | < 5.7% (सामान्य) (Pre-diabetes 5.7-6.4 mg/dl | पछिल्ला ३ महिनाको औसत ब्लड सुगर देखाउँछ |
| Urine Sugar Test | जुनसुकै समयमा | सामान्य अवस्थामा ग्लुकोज हुँदैन | पिसाबमा सुगर आएको छ कि छैन भन्ने बुझिन्छ |
| C-Peptide Test | ल्याबमा गरिन्छ | 0.5 – 2.0 ng/mL (फास्टिङ) | शरीरले इन्सुलिन कति बनाइरहेको छ भन्ने देखाउँछ |
| Oral Glucose Tolerance Test (OGTT) | उपवास र २ घण्टापछि | < 140 mg/dL (२ घण्टापछि) | डायबेटिक छ कि छैन पत्ता लगाउन प्रयोग गरिन्छ |
रगतको युरिया(Urea) र क्रियेटेनिन(creatinine) हेमोग्लोविन, T.C, D.C. ,कोलस्टोल, सोडियम, पोटासियम, आँखा, थाइराइड र लिभर फन्सन जाँच गर्नुपर्ने
| खान मिल्ने खाना | ❌ नखानुपर्ने/ सावधानी अपनाउनु पर्ने खाना |
| सागसब्जी (पालुङ, मेथी, बन्दा, करेला) | चिल्लो, गह्रौं, तारेको खाना (पकोडा, समोसा, चाउमिन) |
| फाइबरयुक्त अन्न (ओट्स, फुलको दालिया) | सेतो चामल, मैदा, चिउरा, बेसाररहित रोटी |
| मिसावट नराखेको ढिँडो (कोदो, फापर, जौ) | गुलियो पिठा, मिठाइ (रसगुल्ला, लड्डु, हलुवा) |
| उसिनेको दाल, छोला, मसुर, केराउ | धेरै तेल, घ्यू वा बटर भएको खाना |
| उमालेको अण्डा, ग्रिल चिकेन, माछा | प्रोसेस्ड फुड (चिप्स, कुरकुरे, इन्स्टेन्ट नूडल्स) |
| नुन कम भएको सुप, सलाद | धेरै नुन भएको अचार, चटनी, पापड |
| पानी, नरिवल पानी, जिरा पानी | चिया-कफीमा धेरै चिनी, जुस (प्याकेट वा मिठो) |
खाना कम खाने । आलु बोक्रा सहित खाने, १. जौ(0at) २. गहुँ ३. मकै ४. कोदो ५. उसिनेको चामल ।
🍎 मधुमेहमा फलफूलको टेबल
| ✅ खान मिल्ने फलफूल | ❌ नखानुपर्ने वा सीमित मात्रामा खाने फलफूल |
| स्याउ (Apple) | केरा (Banana) – कम मात्रामा |
| अम्बा (Guava) | आप (Mango) – धेरै नखाने |
| नासपाती (Pear) | अङ्गुर (Grapes) – धेरै चिनी हुने |
| जामुन (Jamun) – विशेष फाइदाजनक | लिची, चिचीण्डा, ड्राय फ्रुट्समा चिनी मिसिएको |
| खरवुजा (Watermelon) – थोरै मात्रामा | खजुर (Dates), अंजीर (Figs) – उच्च ग्लुकोज |
| मेवा (Papaya) | जुस बनाइएका फलफूल बिना फाइबर, चिनी बढी |
| स्ट्रबेरी, ब्लुबेरी जस्ता बेरीहरू | क्यान फूड वा सिरपमा राखिएका फलहरू |
| अम्बा (Guava) | |
| नासपाती (Pear) | लिची (Litchi) — उच्च ग्लुकोज हुने |
| जामुन (Jamun) सुगर नियन्त्रणमा उपयोगी | अङ्गुर (Grapes) — सानोमा चिनी धेरै हुन्छ |
| अनार (Pomegranate) — सीमित मात्रामा | किवी — खाए पनि मापन गरेर, चिनीको स्तर हेरेर |
| सुन्तला (Orange) — छालासहित खाएमा | भुईकटहर (Pineapple) — चिनी धेरै, मधुर फल |
| कागती (Lemon) पानीमा मिसाएर उपयोगी | चिचीण्डा फल (Sapodilla/Chikoo) अत्यन्त मीठो |
| खरबुजा (Muskmelon) — कम मात्रामा | चिनी मिसिएको फलको सलाद — जाँच नगरी नखाने |
गुलियो, नुनिलो र चिल्लो खाना सकेसम्म नखाने । दुधको फ्याक्टले ग्याष्टिक, कोलस्टोल जस्ता समस्याहरु बढाउछ भने दुध नखाने ।
Pre-diabetes हुँदा गर्नु पर्ने ६ उपाय:
- दिनहुँ कम्तीमा 30 मिनेट चल्ने , हिडने
- रातो मासु, चिनी, मैदा कम गर्ने ।
- फलफूल, फाइबरयुक्त खाना बढी खाने ।काक्रो, मुला ,प्याज खाने ।
- तौल घटाउने (5–10% तौल कम गर्दा असर देखिन्छ) ।
- Stress कम गर्ने (योग, ध्यान, सुत्ने समय सुधार ) ।
- जाँच गरिरहने – 3 महिनामा 1 पटक HbA1c ।
०उउरउउ
उच्च कोलस्ट्रोल (High cholesterol)
कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन शरीरलाई कोशिका निर्माण, हार्मोन उत्पादन, र पाचन प्रक्रियामा सहयोग गर्न चाहिन्छ। तर अत्यधिक कोलेस्ट्रोल भने रक्तनलीहरूमा थुप्रिने गर्छ, जसले रक्तसञ्चारमा अवरोध ल्याउन सक्छ। यो रगतमा पाइने एक प्रकारको बोसो (Fat) हो ।रक्त प्रवाहमा देखिने हृदयघातको प्रमुख कारण उच्च कोलस्ट्रोल हो । यो मुटु रक्तनली साघुरो भएर बन्द हुने अवस्था (slient killer) हो ।
उच्च कोलेस्ट्रोलको प्रकार:
1. LDL (Low-Density Lipoprotein) – “Bad” Cholesterol
- रक्तनलीमा जमेर अवरोध बनाउँछ ।
- हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ ।
2. HDL (High-Density Lipoprotein) – “Good” Cholesterol
- खराब कोलेस्ट्रोल हटाउन मद्दत गर्छ ।
- हृदयलाई सुरक्षा दिन्छ ।
उच्च कोलेस्ट्रोलको कारणहरू:
- अधिक चिल्लो खानेकुरा (deep fried, fast food)
- शारीरिक निष्क्रियता (कम exercise)
- धूम्रपान र मदिरा सेवन
- मोटोपन
- अनुवांशिकता (family history)
- तनाव र असन्तुलित जीवनशैली
लक्षण (Symptoms)?
उच्च कोलेस्ट्रोलले सीधा लक्षण देखाउँदैन।धेरैजसो मानिसलाई तब मात्र थाहा हुन्छ जब उनीहरूलाई हृदयघात वा स्ट्रोक भइसकेको हुन्छ।
उच्च कोलस्ट्रोल (High cholesterol) भएमा कुन डाक्टर देखाउने
इण्डोक्रोइनोलोजिष्ट, मुटुरोग विषेषज्ञ सगँ जाँच गर्ने ।
कसरी थाहा पाउने? ( ९-१२ घण्टा खाली पेट हुनुपर्ने )
- रक्त परीक्षण (Lipid Profile Test) मार्फत तपाईंको LDL, HDL, Total Cholesterol र Triglycerides जाँच गर्न सकिन्छ।
- नियमित रूपमा 6 महिनामा एकपटक जाँच गराउने बानी बनाउनु उपयुक्त हुन्छ।
नियन्त्रण गर्ने उपायहरू:जीवनशैलीमा सुधार:
१.नियमित ३० मिनेटको व्यायाम (जस्तै: हिँडडुल, योग, दौड)
२.तौल घटाउने ।
३.फलफूल, सागसब्जी, ओट्स, र फाइबरयुक्त आहार ।
४.तारेको र प्रशोधित (processed) खाना बाट टाढा ।
५.धूम्रपान र मदिरा त्याग्नु।
खानामा ध्यान दिने कुरा: फलफुल र सागसब्जीमा कोलस्ट्रोल नै हुदैन ।
| खानुहोस् | नखानुहोस् ❌ | |
| ओट्स, दलिया | घ्यु, बटर, चीज –दुध र दुधबाट बनाएका खानामा कोलस्ट्रोल बढी हुन्छ | |
| माछा (omega-3 rich) | डिप फ्राइड खाना नखाने । | |
| बदाम, अखरोट | रातो मासु र अण्डामा कोलस्ट्रोल बढी हुन्छ । | |
| हरियो सागसब्जी | प्रोसेस्ड स्न्याक्स नखाने -पिजा ,बर्गर र म.म. नखाने । | |
| फलफूल | चिप्स, कुकीज, केक बिस्कुट नखाने । | |
Lipid Profile Test (Reference Range):
| टेस्टको नाम | सामान्य स्तर | उच्च/खतरनाक स्तर ❌ | ||
| Total Cholesterol | < 200 mg/dL | > 240 mg/dL | ||
| LDL (Bad Cholesterol) | < 100 mg/dL (Best) (मुटुरोगीको लागी १०० कम) | > 160 mg/dL = High Risk औषधी खानुपर्ने | ||
| HDL (Good Cholesterol) | > 60 mg/dL (Protective) | < 40 mg/dL = Risk Factor | ||
| Triglycerides (TG) | < 150 mg/dL | > 200 mg/dL = High | ||
| VLDL (Very Low Density) | 2–30 mg/dL | > 30 mg/dL = High |
- LDL बढ्यो = खतरा बढी (यो नै रक्तनलीको भित्तामा जमेर बन्द गर्ने खलनायक हो)
- HDL घट्यो = खतरा बढी (HDL भनेको तपाईंको सुरक्षा गार्ड हो)
- Triglycerides बढी = मधुमेह र मुटु रोगको खतरा बढी
- Total Cholesterol भने सम्पूर्ण कोलेस्ट्रोलको योग हो, तर मुख्य कुरा LDL र HDL को अनुपात हो।
- कोलस्ट्रोलको मात्रा बढी भएमा आँखा वरिपरि सानो हल्का पहेलो रंगको मासु पलाएको हुनसक्छ ।
- हृदयघात र मस्तिकघात भइरहेरका विरामीहरुले बाञ्चुजेल कोलस्ट्रोल औषधी खानुपर्छ ।
3–6 महिनामा फेरि टेस्ट गरेर सुधार देखिनुपर्छ उच्च कोलेस्ट्रोल नदेखिने तर घातक रोग हो।तर यो सही खानपिन, नियमित व्यायाम, र सचेत जीवनशैली अपनाएर पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ।
कोरोनरी आर्टरी डिजिज ( Coronary Artery Discase-CAD)
कोरोनरी आर्टरी डिजिज भन्नाले मुटुको रक्तनली (coronary arteries) मा थुक (cholesterol, fat, calcium) जमेर धेरै सानो वा बन्द हुने अवस्था हो। यसले मुटुलाई अक्सिजन र पोषण पुग्न नदिएर हृदयघात (heart attack) पनि गराउन सक्छ।CAD मा मुटुलाई रगत पुर्याउने मुख्य आर्टरीहरूमा “plaque” बन्न थाल्छ।यो plaque भनेको:कोलेस्ट्रोल, बोसो ,क्याल्सियम र फोहोर पदार्थहरूको जमघट हो।जब यो plaque धेरै बढ्छ, तब:
- रगतको बहाव घट्छ,
- मुटुमा अक्सिजन पुग्दैन,
- अचानक हृदयघात (heart attack) पनि हुन सक्छ।
लक्षणहरू (Symptoms):
CAD को सुरुवाती चरणमा कुनै लक्षण नहुन पनि सक्छ!
तर जब नली साँघुरो हुन्छ, यी लक्षण देखिन्छन्:
- छातीमा दुखाइ (angina) — च्यापिएको, जलिरहेको जस्तो महसुस
- श्वास फेर्न गाह्रो
- थकाइ वा कमजोरी
- घाँटी, बाँया हात वा पिठ्यूँमा दुखाइ
- दौडदा वा भरपर्दा छाती कस्तो कस्तो लाग्ने
जाँचहरू (Tests):
- ECG (Electrocardiogram)– मुटुको विद्युत गतिविधि हेर्छ।
- Stress Test (Treadmill Test)– दौडाउँदा मुटु कसरी काम गर्छ हेर्छ।
- Echocardiogram– मुटुको Ultrasound, पम्प गर्ने शक्ति हेर्छ।
- Coronary Angiography (सबैभन्दा ठोस)– Dye हालेर X-ray द्वारा नली भित्र plaque कहाँ छ हेर्छ।
- Blood Tests– कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स, LDL/HDL आदि हेर्छ उपचार (Treatment):
1. Lifestyle Modification (सुधार्ने बानी):
- बोसो कम खानु (deep fried, junk food घटाउनु)
- नुन कम गर्नु
- नियमित हिँडडुल (walking, yoga, cardio)
- धूम्रपान/रक्सी त्याग्नु
- तनाव घटाउनु
- वजन घटाउनु
2. औषधिहरू:
- Statins – कोलेस्ट्रोल घटाउने
- Aspirin – रगत पतलो बनाउने
- Beta-blockers / ACE inhibitors – ब्लड प्रेसर नियन्त्रण
- Nitrates – छाती दुख्दा राहत दिने
1. सर्जरी विकल्पहरू:
१.Angioplasty (Stenting) एन्जिओग्राफी:– साँघुरो नलीमा बलुन फुलाएर stent हालिन्छ। यसमा CT scan वा हात , तिघ्रा नलिबाट रवरको पाईप छिराएर जाली मेटलको राखिने ।
| विषय | विवरण |
| CAD के हो? | मुटुको आर्टरीमा plaque जम्ने रोग |
| लक्षण | छाती दुखाइ, थकाइ, सास फेर्न गाह्रो |
| जाँच | ECG, Stress Test, Angiography आदि |
| उपचार | Lifestyle सुधार, औषधि, Stent, Bypass |
- Bypass Surgery (CABG): बाइपास सर्जरी- ब्लकेज भएको नली काटेर अर्को रक्तनलीबाट नयाँ बाटो बनाइन्छ।
:
मुटु रोग (Heart Disease) ❤️
– मुटुको साँचो तपाईंको अनुशासनमा ( सही खानपिन, र आत्मविश्वास )
मुटु एक मिनेटमा सामान्यतया ७२ पटक(६०-१००) धडकन्छ ।मुटुको तौल पुरुषको ३०० ग्राम र महिलाको २५० ग्राम हुन्छ ।यो मानिसको दुई तिहाई देव्रे छात्तीतिर रहेको हुन्छ ।मुटुमा वायाँ भाग २ कोठा र दायाँ भाग २ कोठा गरी चार कोठा हुन्छ ।मुटुको काम असुद्ध रगत फोक्सोबाट सुद्ब गरी वाया भागको मुटुमा पठाउछ ।मुटुमा हुने विभिन्न प्रकारका रोग र समस्याहरूलाई मुटुरोग भनिन्छ । यो एक रोग होइन, रोगहरूको समूह हो जसले मुटुको काममा बाधा पुर्याउँछ। मुटुरोग मौन हत्यारा हो — चुपचाप विकसित हुन्छ र एकाएक प्रहार गर्छ। तर सचेत जीवनशैली, नियमित स्वास्थ्य परीक्षण, र प्रारम्भिक निदानले मुटुरोगलाई नियन्त्रणमा राख्न सकिन्छ। तपाईंको मुटु एकमात्र छ — त्यसैले उसलाई सुन्नुहोस्, हेरचाह गर्नुहोस्।सामान्यतया मुटुरोगमा निम्न समस्या पर्छन्:
१.कोरोनरी आर्टरी डिजिज (CAD) – मुटुको रक्तनलीमा बोसो जमेर रक्तसञ्चार रोकिनु
२.हार्ट अट्याक (Heart Attack) – रक्तसञ्चार रोकिनुका कारण मुटुको भाग मर्नु ।
३.हार्ट फेलियर – मुटुले पर्याप्त रगत पम्प गर्न नसक्नु ।
४.एरिथ्मिया – मुटुको धड्कन अनियमित हुनु (धेरै छिटो, ढिलो या अव्यवस्थित) ।
५.भल्भ समस्याहरू – मुटुको भल्भहरू सुन्निनु, बन्द नहुनु, या चुहिनु ।
मुख्य लक्षणहरू
मुटुरोगका लक्षणहरू रोगको प्रकार र गम्भीरतामा भर पर्छ। तर सामान्यतया देखिने लक्षणहरू:
- छातीमा दबाब वा दुखाइ (especially CAD मा)
- सास फेर्न गाह्रो हुनु
- अत्यधिक थकान
- धड्कन असामान्य हुनु (अति छिटो या सुस्त)
- हात, खुट्टा वा पेट सुन्निनु (हार्ट फेलियरमा)
- टाउको हलुका लाग्नु या मुर्छा पर्नु
कसरी जाँच गरिन्छ?
मुटुरोगको जाँच धेरै विधिबाट हुन्छ। चिकित्सकले तपाईंको लक्षण र इतिहास हेरेर कुन टेस्ट आवश्यक हो भन्ने निर्णय गर्छन्। केही प्रमुख जाँचहरू:
| जाँचको नाम | के थाहा हुन्छ | कसरी गरिन्छ |
| ECG (Electrocardiogram) | मुटुको धड्कन र लयमा गडबडी छ कि छैन | छातीमा इलेक्ट्रोड राखेर |
| Echocardiogram | मुटुको आकार, भल्भ र पम्पिङ | अल्ट्रासाउन्ड प्रविधिबाट |
| Stress Test | व्यायाम गर्दा मुटुको प्रतिक्रिया | ट्रेडमिलमा हिँड्दा ECG हेर्ने |
| Angiography | कोरोनरी नलीहरूमा ब्लकेज छ कि छैन | शरीरमा डाइ हालेर एक्स-रे लिइने |
| Blood Test (Troponin, Cholesterol, etc.) | हर्ट अट्याक भएको हो कि, कोलेस्ट्रोल स्तर कति | रक्त परीक्षणमार्फत |
उपचारको उपायहरू
उपचार रोगको प्रकार र गम्भीरतामा भर पर्छ:
- औषधी सेवन-ब्लड प्रेशर घटाउने, कोलेस्ट्रोल घटाउने, ब्लड थिनरहरू
- जीवनशैली परिवर्तन-तौल घटाउने, नुन कम गर्ने, धूम्रपान र मदिरा त्याग्ने, व्यायाम
- सर्जरी/प्रोसीजरहरू -Angioplasty (ब्लकेज खोल्ने), Bypass surgery, Pacemaker राख्ने
रोकथाम कसरी गर्ने?
“रोकथाम नै उपचार” भन्ने कुरो मुटुरोगमा झनै लागु हुन्छ:
- स्वस्थ भोजन: फलफूल, सागसब्जी, पुरै अन्न
- नियमित व्यायाम: हप्तामा कम्तिमा ५ दिन ३० मिनेट
- धूम्रपान र मदिरा त्याग
- तनाव कम गर्ने अभ्यास: ध्यान, योग, पर्याप्त निन्द्रा
- नियमित जाँच: ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोल चेक गरिरहनु
बाथ मुटु रोग (Rheumatic Heart Disease RHD)
शरीरमा भएको रूमेटिक ज्वरो (Rheumatic Fever) को कारणले मुटुको भल्भहरूमा भएको क्षति वा नोक्सानलाई जनाउँछ। यो रोग स्ट्रेप्टोकोकल ब्याक्टेरिया (Streptococcus) बाट सुरु हुने टन्सिल/घाँटीको संक्रमणपछि देखा पर्छ।घाँटीको संक्रमण → रूमेटिक ज्वरो → मुटुको भल्भमा क्षति → बाथ मुटु रोग हुन्छ । समयमै “पेनिसिलिनको सुई” = मुटु बचाउने सुरक्षा कवच हो ।
लक्षणहरु
बाथ मुटु रोग खास गरी किशोर-किशोरी र युवा वयस्कमा देखिन्छ। यसका लक्षणहरू दुबै रूमेटिक ज्वरो र भल्भ क्षति सँग सम्बन्धित हुन्छन्:
१.घाँटी दुख्ने संक्रमण (Strep throat) हुन्छ
२.समयमै एन्टिबायोटिक नखाइ उपचार नगरेको खण्डमा
३.शरीरको रोग प्रतिरोधात्मक प्रणाली (immune system) आफैं मुटुलाई आक्रमण गर्छ
४.यसले मुटुको भल्भहरू बिगार्छ — विशेषतः माइट्रल र अओर्टिक भल्भ
रूमेटिक ज्वरोका लक्षण (प्रारम्भिक अवस्था):
- उच्च ज्वरो
- जोर्नीहरू दुख्ने (खासगरी गोडा र हातका साना जोर्नी)
- छाती दुख्ने
- हृदयको धड्कन असामान्य
- छालामा रातो चक्का (rash)
- नशा झन्झनाउने, शरिर कन कन हुने (chorea)
मुटुको क्षतिको लक्षण (रोगको ढिलो चरणमा):
सास फेर्न गाह्रो,थकान र कमजोरी,छाती दुखाइ,खुट्टा वा पेट सुन्निनु र राति सुत्दा सास फेर्न गाह्रो हुनेबाथ मुटु रोग पत्ता लगाउन निम्न परीक्षणहरू गरिन्छ:
| परीक्षण | उद्देश्य |
| Throat swab | स्ट्रेप ब्याक्टेरिया छ कि छैन हेर्न |
| ASO titer test | शरीरमा स्ट्रेपको विरुद्ध एण्टीबडी कति छ हेर्न |
| ECG | मुटुको लय जाँच्न |
| Echocardiogram (ECHO) | भल्भमा क्षति छ कि छैन हेर्न |
| Chest X-ray | मुटुको आकार, फोक्सोमा असर भए नभएको |
उपचार विधिहरू
१. प्रारम्भिक चरण (घाँटी दुखेको बेला):
- पेनिसिलिन वा अन्य एन्टिबायोटिक दिइन्छ
- संक्रमण पूरै हटाउनु अत्यावश्यक
२. रूमेटिक ज्वरो भएपछि:
- एन्टिबायोटिक दीर्घकालीन रूपमा दिइन्छ (Penicillin G हर 21 दिनमा)
- बाथ मुटु रोग दोहोरिन नदिन
दुखाइका लागि NSAIDs (जस्तै Aspirin) भल्भ क्षति भए स्टेरोइड्स पनि दिन सकिन्छ
३. मुटुमा स्थायी क्षति भएमा:
- भल्भ रिप्लेसमेन्ट सर्जरी आवश्यक पर्न सक्छ
- मुटुको कार्य क्षीण भएमा दीर्घकालीन मुटु औषधी
रोकथाम -बाथ मुटु रोग पूर्णतः रोक्न मिल्ने रोग हो। कसरी?
१.स्ट्रेप थ्रोटको समयमै उपचार
२. एन्टिबायोटिक कोर्स पुरा गर्नु
३.बारम्बार ज्वरो आउँदा वा घाँटी दुख्दा चिकित्सकलाई देखाउने
४.रूमेटिक ज्वरो भइसकेका व्यक्तिलाई दीर्घकालीन एन्टिबायोटिक प्रोफाइलेक्सिस (BPG injections) दिनु — 5 वर्षदेखि लिएर 20 वर्षसम्म!
किन यो बालबालिकामा बढी देखिन्छ?
- स्कूल जाने उमेर समूह (५–१५ वर्ष) मा स्ट्रेप इन्फेक्सन धेरै हुन्छ
- ग्रामीण र झुपडी बस्तीमा सँगै बस्ने, सँगै खाने वातावरण
- स्वास्थ्य सेवामा पहुँच कम, औषधी अधूरो लिन
बाथ मुटु रोगको दीर्घकालीन असर
- एकपटक भल्भ क्षति भयो भने स्थायी हुन्छ ।
- सर्जरी नगरेसम्म ठीक हुँदैन
- प्रेगनेंसीमा जटिलता आउन सक्छ
- हृदय फेलियर, धड्कनको समस्या, स्ट्रोकसम्म हुन सक्छ ।
हाट फेल्योर (Heart Failure)
मुटुले शरीरलाई आवश्यक अनुसार रगत पम्प गर्न नसक्ने स्थिति नै हाट फेल्योर हो। यसको मतलब मुटुको पम्प गर्ने क्षमता कम भएको हो, तर मुटु “रोकिएको” (stopped) भन्ने होइन — यो “काम नगरेको जस्तो” भएको अवस्था हो।यो रोग दीर्घकालीन (chronic) हुन्छ, विस्तारै बिग्रँदै जान्छ, र जटिल हुनसक्छ। मुटुको खुम्चिने काममा समस्या आउदा हार्ट फेल्योर हुन्छ । यसको अर्थ मुटुले ठीकसँग पम्प गर्न सकेन भन्ने हो। यो एक स्थायी तर उपचार गर्न मिल्ने अवस्था हो।
नियमित औषधि, सही खानपिन, र आत्मविश्वास — यही हो हाट फेल्योर विरुद्धको अस्त्र।
हाट फेल्योरका प्रकारहरू
| प्रकार | अर्थ |
| Left-sided Heart Failure | बायाँ भागले रगत फोक्सोबाट लिएर शरीरमा पठाउन नसक्दा फोक्सोमा रगत जम्छ → सास फेर्न गाह्रो |
| Right-sided Heart Failure | दायाँ भागले शरीरबाट रगत फोक्सोमा पठाउन नसक्दा शरीरका अंगहरूमा रगत जम्छ → खुट्टा, पेट सुन्निन्छ |
| Systolic Failure | पम्प गर्ने शक्ति कम हुन्छ |
| Diastolic Failure | पम्प गर्ने बेला मुटु राम्रोसँग भरिँदैन (सिकुचनमा समस्या नभए पनि फुल्न सक्दैन) |
लक्षणहरू
हाट फेल्योरको लक्षण थोरै -थोरै सुरु हुन्छ र विस्तारै गम्भीर बन्छ:
- सास फेर्न गाह्रो (विशेषगरी सुत्दा वा सानो व्यायाममै)
- थकान, कमजोरी
- अनुहार सुनिनु, आखाँ वरपर सुनिनु ,खुट्टा, टोकरी, पेट सुन्निनु
- छाती दुख्नु या गडबडी हुनु
- मुटु छिटो वा अनियमित धड्कन
- बारम्बार खोकी लाग्नु (especially राति, सुख्खा खोकी या फोक्सोमा पानी जम्दा)
- तौल एक्कासी बढ्नु (पानी जमेकाले)
हाट फेल्योर पत्ता लगाउन प्रयोग हुने सामान्य जाँचहरू:
| जाँच | के थाहा हुन्छ |
| ECG | धड्कन अनियमित छ कि हेर्ने |
| Echocardiogram | मुटुको पम्पिङ क्षमता (EF – Ejection Fraction) |
| Chest X-ray | फोक्सोमा पानी छ कि छैन |
| BNP Blood Test | मुटुमा तनाव छ कि छैन |
| Cardiac MRI/CT Scan | गहिरो स्तरमा मुटुको बनावट हेर्न |
उपचार विधिहरू
हाट फेल्योर पूर्ण रूपमा निको पार्न सकिने रोग होइन, तर सही औषधि, जीवनशैली, र निगरानीले यो धेरै वर्षसम्म नियंत्रणमा राख्न सकिन्छ।
1. औषधि
- Diuretics (जस्तै Furosemide) – शरीरमा जमेको पानी निकाल्न
- ACE inhibitors / ARBs – रक्तचाप घटाउन र मुटुको बोझ कम गर्न
- Beta Blockers – धड्कनलाई सन्तुलित गर्न
- Aldosterone Antagonists (जस्तै Spironolactone)
- Digoxin – पम्पिङ शक्ति बढाउन (केही केसमा)
2. जीवनशैलीमा परिवर्तन
- नुन कम गर्नु (पानी कम जम्न)
- वजनमा ध्यान दिनु (एक्कासी बढ्यो भने डाक्टरलाई खबर)
- धूम्रपान, मदिरा परित्याग गर्नु
- हलुका व्यायाम (जस्तै हिँडाइ)
- नियमित औषधि समयमै खानु
3. सर्जिकल समाधान
- पेसमेकर राख्नु (जब धड्कन गडबड हुन्छ)
- ICD (Implantable Cardioverter Defibrillator) – अचानक हर्ट अरेस्टबाट बचाउन
- भल्भ सर्जरी (यदि भल्भको कारण हो भने)
- Heart Transplant (गम्भीर अवस्थाहरूमा मात्र)
पेसमेकर(Pacemaker) (मुटुको ब्याष्ट्री )
पेसमेकर एउटा सानो इलेक्ट्रोनिक डिभाइस हो जसले हृदयको धडकनलाई नियन्त्रण गर्छ। हाम्रो हृदयले प्राकृतिक रूपमा एउटा इलेक्ट्रिकल सिग्नलको माध्यमबाट नियमित रूपमा धड्कन्छ। यस सिग्नललाई उत्पन्न गर्ने मुख्य ठाउँलाई भनिन्छ SA node (Sinoatrial node), जुन हृदयको माथिल्लो भागमा हुन्छ। जब यो प्राकृतिक पेसमेकरले ठीकसँग काम गर्दैन, वा हृदयको सिग्नल प्रसारणमा बाधा आउँछ, तब हृदयको धडकन अनियमित वा असामान्य हुन्छ। यस्तो अवस्थामा, मेडिकल टेक्नोलोजीले विकास गरेको पेसमेकरले इलेक्ट्रिकल सिग्नल दिँदै हृदयको धडकनलाई नियमित बनाइदिन्छ।
पेसमेकर किन आवश्यक हुन्छ?
हृदयको अनियमित धडकनलाई Arrhythmia भनिन्छ। खासगरी, जब हृदयको धडकन धेरै ढिलो (Bradycardia) वा कहिलेकाहीं बन्द हुन्छ भने, त्यो जीवनका लागि खतरनाक हुन्छ। यसले शरीरका विभिन्न अंगहरूमा रगत पुर्याउने काममा असर पार्छ।
- Bradycardia (धडकनको सुस्ती): हृदयले पर्याप्त रूपमा रगत पम्प गर्न सक्दैन।
- Heart block (हार्ट ब्लक): हृदयमा विद्युतीय सिग्नलहरू ठीकसँग प्रसारित हुँदैनन्।
- Tachycardia (धडकन छिटो हुनु): कहिलेकाहीं पेसमेकरले छिटो धडकन पनि ठीक गर्न सक्छ।
यी समस्या हुने व्यक्तिहरूलाई पेसमेकर राखेर जीवन सुरक्षित राखिन्छ।
सर्जरीमार्फत, यो डिभाइस छातीको छेउमा राखिन्छ र तारहरू हृदयको विभिन्न भागहरूमा जोडिन्छन्। जब हृदयले नियमित सिग्नल नपाउँछ, पेसमेकरले इलेक्ट्रिक सिग्नल पठाउँछ जसले हृदयलाई तान्छ (stimulate) र धडकनलाई कायम राख्छ।
पेसमेकर राख्ने प्रक्रिया (सर्जरी)
यो प्रक्रिया सामान्यतया स्थानीय बेहोसी (local anesthesia) मा गरिन्छ। सर्जनले सानो कट लगाएर छातीमा पेसमेकर राख्छन् र तारहरू हृदयसम्म पुर्याउँछन्। प्रक्रिया केही घण्टा लाग्छ र प्रायः अस्पतालमा 1-2 दिन बस्नुपर्छ।
पेसमेकर राखेपछि के-कस्तो जीवन?
- दैनिक जीवन लगभग सामान्यै हुन्छ।
- तौलानी भारी काम, धूमपान, र धेरै इलेक्ट्रोनिक उपकरणबाट टाढा रहन सल्लाह दिइन्छ।
- नियमित रूपमा डाक्टरको चेकअप आवश्यक हुन्छ, किनकि ब्याट्री बदल्नुपर्ने समय आउँछ।
- मोबाइल, म्याग्नेटिक उपकरणहरू (MRI) जस्ता कुरामा सावधानी अपनाउनु पर्छ।
– मुटु नचलेको समयमा pumbing गरी मस्तिकमा रगत पुन्याउने मेशिन । मुटु ६० पटक धडकन नभएमा पेसमेकरले घडकनमा सहयोग गर्ने ।
रोकथाम
यदि तपाईंलाई मुटुमा पहिले देखिएको समस्या छैन भने हाट फेल्योरबाट बच्न यी कुरामा ध्यान दिनुपर्छ:
– १.उच्च रक्तचाप नियन्त्रण, २. मधुमेह (सुगर) राम्रोसँग नियमन,३.धूम्रपान छोड्ने,
४. वजन नियन्त्रित राख्ने, ५. हरेक वर्ष हेल्थ चेकअप गर्ने ।
खानामा के खानु हुन्छ?
फलफूल, सागसब्जी, कम नुनको खाना
नुनिलो, डिब्बाबन्द खाना, फ्राइड आइटम, जंकफूड नखाने
व्यायाम गर्न मिल्छ?
हो। तर डाक्टरको सल्लाहअनुसार मात्र। हल्का हिँडाइ, बिस्तारै श्वास चलाउने अभ्यास आदि।
मोटोपना (Obesity):
मोटोपना भनेको शरीरमा अत्यधिक बोसो (fat) जमेर स्वास्थ्यमा नकारात्मक असर पार्ने अवस्था हो। यो केवल देखिने रूपको कुरा होइन — यो शरीरको भित्री सन्तुलनसँग गाँसिएको गम्भीर स्वास्थ्य समस्या हो।यो बोसो बिषेश गरेर छालामुनि र पेटमा जम्मा हुन्छ । मोटोपनाले शरीरको मेटाबोलिज्म, हर्मोन, मानसिक अवस्था र जीवनशैलीमा गहिरो प्रभाव पार्छ।
स्वास्थ्य विज्ञान अनुसार, BMI (Body Mass Index) भन्ने मापदण्डले मोटोपनाको निर्धारण गरिन्छ।
- यदि BMI: 25 – 29.9 → Overweight
- यदि BMI: 30 या बढी → Obese
BMI = तौल (किलोग्राम) ÷ उचाइ (मीटर)²
मोटोपनाका कारणहरू
मोटोपना एउटा रातारात आउने रोग होइन। यो अनेकौं कारणहरूको मिश्रण हो:
1. खानपानको असन्तुलन
– अत्यधिक चिल्लो, मिठाइ, फास्टफूड, प्याकेट फुड
– आवश्यकता भन्दा बढी क्यालोरी सेवन
– राति ढिलो खाने, खान खाएर सुत्ने आदत
2. शारीरिक निष्क्रियता
– नियमित व्यायाम नगर्नु
– घण्टौं कम्प्युटर वा मोबाइल अगाडि बस्ने
– कार्यस्थल वा घरमै धेरै समय बिताउने जीवनशैली\
3. हर्मोन र जैविक कारण
– Hypothyroidism, PCOS, इन्सुलिन प्रतिरोध (insulin resistance)
– आनुवंशिक (genetic) प्रवृत्ति
4. मनोवैज्ञानिक कारण
– तनाव, चिन्ता, डिप्रेशन
– Emotional eating: दुःखी हुँदा, रिसाउँदा खाने बानी
5.औषधि
– केही औषधिहरू (anti-depressants, steroids) ले पनि वजन बढाउँछ।
मोटोपना भएमा जाँच
–B.P. , सुगर, कोलस्टोल , युरिक एसिड, कलेजो, ई.सी.जी र थाइराइड जाँच गर्नुपर्ने ।
मोटोपनाका प्रभावहरू
मोटोपनाको असर केवल मोटाइमा सीमित छैन। यसले सम्पूर्ण शरीर प्रणालीलाई तहसनहस गर्न सक्छ:
शारीरिक असर
- उच्च रक्तचाप (High BP)
- मधुमेह (Type 2 Diabetes)
- मुटु रोग (Heart Disease)
स्ट्रोक, दम, सुत्दा समेत सास अड्किने समस्या
- थाइराइडको समस्या, हड्डीमा दबाब, घुँडामा दुखाइ
- मानसिक असर
- आत्मविश्वासको कमी
- Depression, Anxiety
- शरीरप्रति घृणा (Body dysmorphia)
- समाजमा तिरस्कार
सामाजिक असर
- कामको अवसरमा भेदभाव
- पारिवारिक दबाब, विहे सम्बन्धमा समस्या
मोटोपना नियन्त्रणका उपायहरू
“Weight loss is not punishment. It’s self-respect.”
सन्तुलित खानपान
- प्रोसेस्ड फूड, चिल्लो र मीठा खानेकुरा त्याग।
- घरको परिकार, सागसब्जी, दलिया, फलफूल।
- Sugar-free पेय, कम क्यालोरी स्न्याक्स ।
- सुत्नुअघि 3 घण्टा अगाडि खानु, राती दुध नखाने ।
नियमित व्यायाम ।
- हरेक दिन कम्तीमा 30 मिनेट:
- Brisk walking, Jogging
- Skipping, Zumba, Dance
- योग, सूर्य नमस्कार
- Strength Training (तौल उठाउने व्यायाम)
तुलनात्मक सोच होइन, सुधारात्मक सोच
- अरूलाई हेरेर मोटाइको तुलना नगर।
- आफैलाई आजभन्दा भोलि स्वस्थ बनाउने अठोट गर।
प्रयास गरेपनी तौल घटने भने निरास नहुनुहोस, शुरुको १/२ महिनामा तौल नघटन सक्छ र पछी निरन्तर प्रयास गर्दा घटन थाल्छ ।
- मानसिक सशक्तिकरण।
- Meditation, Journaling, आफूलाई प्रेम गर्ने अभ्यास।
Stress eating को साटो Hobby खोज।
पानी प्रशस्त पिउनु।
- दिनमा कम्तीमा 3 लिटर पानी।
- Detoxifying drinks: कागती पानी, ज्वानु पानी, धनियाँ पानी।
- प्रति महिना १के.जी. दरले तौल घटाउने, बर्षमा १० के.जी तौल घटाउने थाइराइड ( Thyroid )
- थाइराइड भनेको गाला (neck) को अगाडिको भागमा रहेको पातलो पुतली आकारको ग्रन्थि (gland) हो। यो एन्डोक्राइन प्रणालीको हिस्सा हो र हर्मोनहरू उत्पादन गर्छ जसले हाम्रो शरीरको metabolism (अर्थात् ऊर्जा प्रयोग गर्ने तरिका) नियन्त्रित गर्छ थाइराइड ग्रन्थिले उत्पादन गर्ने मुख्य हर्मोनहरू:
- T3 (Triiodothyronine)
- T4 ( Thyroxine ) यी दुबै हर्मोनहरूले शरीरको energy, तापक्रम, heart rate, digestion, र growth जस्ता कुराहरू नियन्त्रण गर्छ।
थाइराइडका मुख्य प्रकारका समस्या:
1. Hypothyroidism (कम सक्रिय थाइराइड)
थाइराइड ग्रन्थिले पर्याप्त T3/T4 हर्मोन उत्पादन गर्दैन। लक्षणहरू:
-थकाइ लाग्ने, तौल बढ्ने, छाला सुख्खा हुने, निद्रा धेरै लाग्ने, झारोपना, स्मरणशक्ति कमजोर
कारण:-आयोडिनको कमी,Hashimoto’s disease (Autoimmune),जन्मजात समस्या
2. Hyperthyroidism (धेरै सक्रिय थाइराइड)
थाइराइडले अत्यधिक हर्मोन बनाउँछ।लक्षणहरू:
-तौल घट्ने,मन अस्थिर हुनु,हृदय धड्कन बढ्नु,पखाला लाग्नु,निद्रा नलाग्ने
कारण:-Graves’ disease (Autoimmune),थाइराइड गाँठो,बढी आयोडिन सेवन
थाइराइडका लागि गरिने जाँचहरू
रगत जाँच,
थाइराइडका लागि गरिने जाँचहरूको तालिका
| जाँचको नाम | उद्देश्य / किन गरिन्छ | के पत्ता लाग्छ | नतिजा अनुसार संकेत |
| TSH (Thyroid Stimulating Hormone) | थाइराइड ग्रन्थि कति सक्रिय छ जाँच्न | थाइराइडको प्राथमिक अवस्था | ↑ TSH → Hypothyroidism ↓ TSH → Hyperthyroidism |
| T3 (Triiodothyronine) | सक्रिय थाइराइड हर्मोन मापन गर्न | Hyperthyroidism छ कि हेर्न | ↑ T3 → Hyperthyroidism |
| T4 (Thyroxine) | थाइराइडको उत्पादन भएको हर्मोन हेर्न | Hypo/Hyper अवस्था पुष्टि गर्न | ↓ T4 → Hypothyroidism ↑ T4 → Hyperthyroidism |
| Free T3 / Free T4 | शरीरमा freely circulating active हर्मोन | सही सटीक मापन दिन | Hyper वा Hypo स्थितिको पुष्टि |
| Thyroid Antibodies (TPOAb, TGAb, TSI) | Autoimmune रोगको जाँच गर्न | Graves’ वा Hashimoto’s रोग | Positive → Autoimmune थाइराइड समस्या |
| Ultrasound (USG Thyroid) | गाँठो, सुजन, साइज जाँच गर्न | गाँठो छ कि छैन, कस्तो छ | Solid, Cystic वा Suspicious nodules |
| FNAC (Fine Needle Aspiration Cytology) | गाँठोको प्रकृति जाँच गर्न | क्यान्सर छ कि छैन हेर्न | Benign (सामान्य) वा Malignant (क्यान्सर) |
| RAIU / Thyroid Scan | थाइराइडले आयोडिन कति सोस्छ हेर्न | Hyperthyroidismको कारण पत्ता लगाउन | High Uptake → Graves’ Low Uptake → Thyroiditis |
उपचार-Hypothyroidism:,Levothyroxine नामको ट्याब्लेट दिनहुँ
Hyperthyroidism:-Anti-thyroid औषधि (जस्तै Carbimazole),रेडियोएक्टिभ आयोडिन उपचार,सर्जरी (जटिल केसहरूमा)
खानपान र जीवनशैली
Hypothyroidismमा के खानु राम्रो:आयोडिनयुक्त नुन अण्डा, माछा, दूधBrazil nuts (selenium source)
Hyperthyroidismमा के कम गर्नु:
धेरै आयोडिन (जस्तै समुद्री शैवाल)क्याफिन मसालेदार खाना
थाइराइड बालबालिकामा?
- जन्मैदेखि थाइराइड समस्या भए विकासमा गम्भीर असर पर्न सक्छ।
- जन्मेपछि परीक्षण गर्नाले समयमै उपचार सम्भव।
महिलाहरूमा थाइराइड किन बढी?
- महिलामा हार्मोनल परिवर्तन (जस्तै pregnancy, menopause) का कारण थाइराइड समस्या बढी हुन्छ।
आफ्नो स्वास्थ्यको निगरानी गर, टेस्ट गर, र लक्षण आयो भने तुरुन्त चिकित्सकसँग सल्लाह गर।